पोखरा/ पर्वत निवासी दुर्गा आचार्य उत्कृस्ट अभियन्ता पुरस्कार २०७९ बाट पुरस्कृत भई उत्कृष्ट अभियन्ता भएकी छन् । समाजका विकृति र विसंगति सुधार्ने र सूचनाको मौलिक हकलाई नागरिक समक्ष पु¥याई सूचना फैलाएबाट पुरस्कृत भएकी हुन् ।
०५६ सालमा पर्वतको जलजला गाउँपालिकामा जन्मिएकी आचार्यले गाउँकै विद्यालयबाट शिक्षाको सुरुआत गरेकी थिइन् । त्यसपछि उच्च शिक्षा पोखरा, भारत हुँदै हाल नेपालमै आइटी विषयमा अध्ययनरत छिन् । उनलाई हालै राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा हालका उपराष्ट्रपति नन्द किशोर पुन ‘पासाङ’ले पुरस्कृत गरेका हुन् । आयोगले उनीहसहित ५ जना उत्कृष्ट सूचना अधिकारीबाट पुरस्कृत गरेको हो ।
सूचना मागकर्ताले माग गरेको सूचना र त्यस्को गम्भीर्यताका आधारमा उपलव्ध गराएको सूचना र सोको मुल्यांकन गरी देशैभरीबाट उत्कृष्ट सूचना अधिकारीका रुपमा चौदण्डीगढी नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदार,व्यास नगरपालिकाको निबर्तमान सूचना अधिकारी गोकर्णराज वाग्ले,जिसस बाग्लुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा,कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी इन्जिनियर निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्याल लाई पुरस्कृत गरेको हो ।
यस्तै आयोगले आफ्नै कार्यलयका उपसचिव विश्वबन्धु पौडेल,शाखा अधिकृत डिल्लीराम भट्ट र नासु हेमन्त रिज्याललाई उत्कृष्ट कर्मचारी ०७९ बाट पुरस्कृत गरेको छ ।





