बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी

मुस्ताङका चार गाउँपालिकामा मतगणना जारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७९, शुक्रबार

पोखरा – पाँच स्थानीय तह रहेको मुस्ताङ जिल्लामा मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थासाङ गाउँपालिकामा भने सम्पर्क हुन नसकेको जिल्ला निर्वाचन अधिकारी मदन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार लो-घेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ९ बजेबाट र लोमन्थाङ गाउँपालिकामा साढे ९ बजेबाट मतगणना सुरु भएको हो । उनले केही अवरोध नआए भोलि साँझसम्म अन्तिम परिणाम आउने जानकारी दिए ।

“मतगणना सुरु भइसकेको छ । केही समस्या भएन भने भोलि साँझसम्म नतिजा आउँछ,” उनले भने, “थासाङ गाउँपालिकामा भने सम्पर्क हुन सकिरहेको छैन ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->