बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतको परादीमा भएको दुर्घटनामा १ को मृत्यु, १३ घाइते

पर्वतको परादीमा भएको दुर्घटनामा १ को मृत्यु, १३ घाइते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७९, बुधबार

पर्वत/ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ बर्षिय लालबहादुर थापाको पर्वत अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको छ । जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा पुगेको छ । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए ।

घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको प्रहरीले बताएको छ । अहिले उपचार नै चलिरहेको कारण सबै घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरी निरिक्षक अधिकारीले बताए ।

ट्राफिक प्रहरी कमल क्षेत्रीका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->