काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब १८ खर्बको बजेट प्रस्तुत गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट ल्याएको बताए ।
राजश्व १२ खर्ब ४० अर्ब ११ करोड, अनुदान ५५ अर्ब ४६ करोड, वैदेशीक ऋण २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब लिइने मन्त्री शर्माले बताए ।





