बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघमा सुर्खेत उवा संघको प्रतिनिधिमण्डल बीच सहकार्य गर्ने सहमति

पोउवा संघमा सुर्खेत उवा संघको प्रतिनिधिमण्डल बीच सहकार्य गर्ने सहमति


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

पोखरा/ पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सहमति बनेको हो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले पालिकाहरुमा आएका नयाँ जनप्रतिनिधिहरुले निजी क्षेत्रसँग भएको ज्ञान,सीप र पूँजीलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए । यसअघि पालिका राजनीतिक दलहरुबाट आएका पालिका प्रमुखहरुले विचार नमिलेकै आधारमा उद्योग वाणिज्य संघको नेतृत्वसँग सहकार्य गर्न नखोजेको तीतो अनुभव सुनाउँदै उनले निजी क्षेत्रलाई काम गर्ने वातावरण निर्माण पालिकाहरुको समुन्नति पनि सम्भव नभएको बताए ।

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले पोखराको समग्र विकासमा निजी क्षेत्रले पु¥याएको योगदानको स्मरण गर्दै संघ समृद्धिमा सहकार्य गर्न तयार रहेको बताए । पछिल्लो समय पोखरामा देखिएका पार्किङ, फोहरमैला व्यवस्थापनलगायतका समस्याहरुको समाधान एवं पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनतर्फ पालिकाको नयाँ नेतृत्वले ध्यान दिनुपर्ने उनको धारणा थियो । निजी क्षेत्र सदैव सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको मानमर्दन गर्ने प्रवृत्ति भने रोकिनुपर्नेमा जोड दिए ।

पोखरा र सुर्खेत भौगोलिक रुपले एकै खालको रहेको र फेवालाई रारासँग जोड्न सके समृद्धि प्राप्त हुने उनको तर्क थियो ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समग्र कर्णालीको विकासको लागि सुुर्खेतले पोखरासँग सहकार्य गर्न खोजेको बताए । रारा तालको बजारीकरण र सो क्षेत्रमा रहेका जडिबुटीको प्रशोधनतर्फ संघले ध्यान दिएको जानकारी दिँदै उनले सुर्खेत र पोखराबीच सहकार्यमा विशेष जोड दिए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन तथा महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष धनबहादुर रावतलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->