बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रविधिलाई अघि बढाउँदै मुक्तिनाथ मन्दिरमा पुग्यो प्रभु बैंक

प्रविधिलाई अघि बढाउँदै मुक्तिनाथ मन्दिरमा पुग्यो प्रभु बैंक


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १८ २०७९, बुधबार

प्रभु बैंकले मुक्तिनाथा मन्दिरमा क्यू आर कोड सेवाका सुचारु गरेको छ ।

नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मस्ताङको मुक्तिनाथ मन्दिरमा एक कार्यक्रमका बीच भेटी दान गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको हो ।

मंगलबार मुक्तिनाथ मन्दिर परिसर, वारागुङ मुक्तिक्षेत्र गाउपालिका १ बाट संचालनमा ल्याइएको हो ।

नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा.राम शरण खरेलले नेपालको बैंकिङ्ग क्षेत्रको आर्थिक कारोबारमा विद्युतिय माध्यम मार्फत सरलता र सहजता आएको बताए ।

प्रभु बैंक र फोन पे को संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्तिक्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नु पर्ने झन्झट हटेकोे बताए ।

प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

उनले अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए ।

प्रभु बैंक र फोन पे बिचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्नेमा बैंकको विश्वास रहेको सुनाए ।

बैंकको हाल २ सय १६ शाखा र ६१ एक्सटेन्सन काउण्टर रहेका छन् भने १६ लाख माथि ग्राहक छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->