मुस्ताङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आइतबार समेत सेवा दिने भएको छ । नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजानिक विदाको घोषणा गरेपनि मुस्ताङका पालिकाहरुले भने आइतबारको विदा कटौती गरेका हुन् ।
घरपझोङको कार्यपालिकाको बैठकले आइतबार समेत सेवा दिने निर्णय गरेको हो ।
बैठकमा भएको निर्णयमा भनिएको छ ‘यस गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु आइतबार देखि बिहिबारसम्म विहान १० बजेदेखी ५ बजेसम्म र शुक्रबार १० बजेदेखी ३ बजेसम्म कार्यालय समय तोकी कार्यालय खुल्ला राख्ने निर्णय गरियो ।’
कार्यापालिकाको बैठकले विपन्न, दलित, अपाङ्ग तथा लक्षित समूहको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।





