बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७९, शनिबार

जोमसोम / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा परिवार नियोजनका अस्थायी साधन समबन्धी शिविर सञ्चालन भएको छ ।

वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजनामा भएको सो परिवार नियोजन शिविरबाट वारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का ६५ जना महिलाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानामगरले वताए ।

छुसाङ स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरबाट २४ जना महिलाले ईम्पलान्ट झिक्ने, १४ जना महिलाले ईम्प्लान्ट राख्ने, १५ जना महिलाले डिपो लगाउने र ११ जना महिलाले पिल्स खाने औषधिको सेवा लिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले वताए।

यसअघि मुस्ताङ जिल्ला अस्पतालमै पुगेर ईम्पलान्ट झिक्नु पर्ने अवस्था रहेकोमा पालिकाले नै जनताको घरदैलोमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक बोहोराले वताए ।
वारागुङ मुक्तिक्षेत्र गापाको स्वास्थ्य शाखाको आयोजनामा भएको परिवार नियोजन सम्वन्धि शिविरमा जोमसोम जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा गाउँपालिकाका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानामगर र वडाध्यक्ष विनोद गुरूङ लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->