शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको घरपझोङमा ९३ जनाले गरे रक्तदान

मुस्ताङको घरपझोङमा ९३ जनाले गरे रक्तदान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७९, सोमबार

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक भएको रक्तदानबाट ९३ युनिट रगत संकलन भएको छ । घरपझोङ गाउँपालिकाको सहकार्यमा थकाली युवा परिवार केन्द्र काठमाडौंले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा यहाका युवायुवतीले उत्साहपूर्वक रक्तदान गरेका छन् ।

‘रक्तदान जीवनदान-जीवनदान महादान’ नाराकासाथ सुरु भएको रक्तदान कार्यक्रमको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले थकाली युवा परिवार थासाङक्षेत्रका सहसचिव सन्तोष गौचनलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए।
गाउँपालिका अध्यक्ष लालचनले विकट मुस्ताङ जिल्लामा थकाली युवा परिवारको सक्रियतामा रक्तदान कार्यक्रम आयोजना भएकोमा खुशी ब्यक्त गर्दै यस किसिमका रचनात्मक कार्यमा पालिकाले सधै सहगोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवाली, स्वास्थ्यकर्मी मञ्जु नेपाली, अस्मिता पौडेल र समीक्षा अधिकारीले प्राविधिक सहयोग गरेका थिए । उनीहरुलाई मुस्ताङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मी आशमाया खाती र अर्जुन किसानले साथ दिएको आयोजकले जनाएको छ ।

थकाली यूवा परिवार जोमसोम क्षेत्रको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत क्षेत्रीय रक्त सञ्चार सेवा पोखराको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->