बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनवादी गायक जीवनलाई यसरी गरियो बागलुङमा सम्मान

जनवादी गायक जीवनलाई यसरी गरियो बागलुङमा सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार

बागलुङ /  जनवादी गायक जीवन शर्मा कलाकार ‘बाबुराम-सरस्वति बज्राचार्य स्मृति कोष’ बागलुङबाट सम्मानित भएका छन् । शर्मा कलाकार बाबुराम, सरस्वति बज्राचार्य स्मृति कोष २०७७ बाट शुक्रवार सम्मानित भएका हुन् ।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्मालाई नगद रु. २० हजार र दोसल्ला आढाएर उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले पुरस्कार प्रदान गरी सम्मान गरेका हुन् ।

शर्मालाई ‘गीत संगीतको माध्यमबाट शोषित, पीडित, असहाय एवं श्रमजीविको आवाजलाई झंकृत गर्दै न्याय, समाताको लागि विगत लामो समयदेखि सशक्त आवाज उठाउँदै’ आएकोले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

शर्मासँगै संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संस्थागत रुपमा ज्ञानोदय बुद्ध विहारलाई पनि रु. २० हजारले पुरस्कृत गरिएको छ ।

सो कोषबाट यसभन्दा पहिले कलाकारहरु लक्ष्मण शाक्य, विक्रम श्रेष्ठ, मूर्तिकार ओम खत्री, संगीतकार बीबी अनुरागीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कोषका सदस्य काजी गाउँले श्रेष्ठले जनवादी गायक जीवन शर्माको जीवनी बारेमा बताएका थिए । कार्यक्रम कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->