बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आँबुखैरेनी-मुग्लिङ सडक पूर्णरुपमा सञ्चालनमा

आँबुखैरेनी-मुग्लिङ सडक पूर्णरुपमा सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

दमौली / पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडक खण्ड साना ठूला दुवै सवारी साधानका लागि खुला गरिएको छ ।

करिब ३ मिटर पहरो काटेर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । उनका अनुसार अव यो सडक खण्डमा साना र ठूला सबै प्रकारका सवारी साधन जतिखेर पनि चल्न सक्नेछन् ।

गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित मर्स्याङ्दी विद्युत्‌गृह नजिकै सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । पहरो काटेर सडक बनाउन सोही दिन साँझ ७ देखि बिहान ५ बजेसम्मका लागि यातायात चलाउन रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले साना सवारी साधन र दुई पांग्रे सवारी साधनहरुलाई बिहान ५ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको थियो भने ठूला तथा मालवहाक सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो ।

राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी खण्ड खुल्ला भए पनि याँम्फाफाँटदेखि घाँसीकुवा खण्डमा भने राति ११ देखि बिहान ४ बजेसम्म यातायात बन्द रहने छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनको बनाउन भन्दै यसअघि नै रातिको समयमा यातायात चलाउन रोकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->