पोखरा/ सुजल डेरीको उत्पादन सफल डेरी ‘सफल दही, एक दम सही’ अभियानसहित बजारमा आएको छ । १८ वर्षदेखि पोखरा र आसपासमा लोकप्रिय रहेको दहीलाई रि–ब्राण्डिङ गर्ने अभियान अन्तर्गत सफलले परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सहि भन्ने जिकिर गरेको हो ।
सफल दहीगाई तथा भैंसीको दूधलाई उच्च कोटीको प्रविधिद्वारा प्रशोधन गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायदार दही भएको कम्पनीको भनाई छ ।
सबै परिवारको लागि पोषणयुक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो दहीनयाँ नारासहित बजारमा आएको कम्पनीले बताएको छ ।





