बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अध्यक्षसहित तीन जनाका लागि मतदान हुने

अध्यक्षसहित तीन जनाका लागि मतदान हुने

अध्यक्षमा निर्माण कुमार श्रेष्ठ र नरेश कँडेलको भीडन्त ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७९, मंगलबार

बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष र दुई जना उद्योग सदस्यका लागि मात्रै मतदान हुने भएको छ । बिद्यान अनुसार निर्वाचित हुने १४ खुल्ला सदस्य पदमा परेका १५ उमेद्वारी मध्ये एक जनाले फिर्ता लिएपछि सबै सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

१४ सदस्यको लागि १५ जनाको उम्मेदवारी परेकोमा खुल्ला सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले आफ्नो उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत भुमिश्वर गौतमले बताए । सदस्यको लागि उम्मेदवारी दिएका अर्जुन चोखाल, बिष्णु पन्त, श्रीजय श्रेष्ठ, नविन कुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्र प्रसाद शर्मा, बिष्णु प्रसाद अधिकारी, ईन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, संजय श्रेष्ठ, ईश्वर जंङ्ग राजभण्डारी निर्विरोध भएका हुन् ।

उद्योग तर्फ दुई जना सदस्यको लागि तीन जनाको उमेद्वारी परेको छ । निलेश राजभण्डारी, ऋषिराम गौतम र बबिन शाक्यको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृत गौतमले बताए ।

सोमबार अपरान्न ४ बजेसम्मको उम्मेदवारी फिर्ता लिने समय राखिएकोमा मंगलबार बिहान ११ बजेसम्मलाई सारिएको थिया भने पुन अपरान्न पाँच बजेसम्म समय थप गरिएको थियो । संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ बासु र नरेश कँडेलबिच प्रतिस्पर्धामा हुने भएको छ । उनीहरु दुवै जना नेपाली कांग्रेस निकट व्यवसायीक संगठनमा आबद्ध उमेद्वार हुन् । यस अघी अध्यक्षका लागि उमेद्वारी दिएका राजन शाक्य र शशिकपुर श्रेष्ठले नरेश कँडेललाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिएका छन् ।

यस अघि दुईजना महिला सदस्य यमुना रेग्मी र शिवकला थापा पनि निर्विरोध भैसकेका थिए । असार ४ गते अध्यक्ष एक, उद्योग सदस्य दुई गरि ३ जनाको लागि निर्वाचन हुने छ । महिला र खुल्ला सदस्य निर्विरोध भए पनि अध्यक्ष र उद्योग तर्फको सदस्यका लागि असार ४ गते मतदान हुने भएको हो । निर्वाचनमा १ हजार ४ सय ९० जना मतदाता मतदानमा सहभागि हुँदैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->