पोखरा/गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेश अर्थमन्त्री रामजी प्रसाद बरालले सार्वजानिक गरेको बजेट अनुसार कृषि सडकका लागि ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेश भित्र रहेका कृषि पकेट क्षेत्रको सडक स्तरोन्नती देखि सडक पुग्न नसकेका कृषि क्षेत्रलाई बजारसम्म जोड्ने गरि कृषि सडक निमार्ण गर्ने भएको हो ।
‘कृषि उत्पादनको मुल्य निर्धारण गरि विरतरण प्रणली सहज बनाईने छ । जुन सडक पुगेको कृषि पकेट र ब्लक क्षेत्रमा सडक स्तरोन्नति र सडक पहुँच नपुगेको क्षेत्रमा कृषि सडक विस्तार गरी एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यान्वयन गर्ने नीति लयएको छु । यो कार्यक्रम कार्यान्वयनका लागि रु. ३६ करोड बजेट विनियोजन गरेको छु’ ।
यसतै प्रदेशका स्थानीय मकैको विउ उत्पादन तथा निर्यात गर्नका लागि मकै विउ विजन उत्पादन विशेष योजना ल्याउँदै पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।





