पोखरा/आथिर्क वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशले प्रदेशमै मुटुरोग अस्पताल तथा मृर्गौला ट्रान्सप्लानका लागि बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले ‘पोखरा स्वास्थ्य प्रतिस्ठानसंगको सहकार्यमा गण्डकी प्रदेशमा ५० वेडको मुटुरोग अस्पतालको सम्भाव्यता अध्ययन र मृर्गौलाको ट्रान्सप्लानको उपकरण खरिदमा आवश्यक बजेटको विनियोजन गरेको छ’ उनले भने ।





