बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

गण्डकीको बजेट ३५ अर्ब ९० करोड


  • ढोरपाटन सम्वाददाता
  • असार १ २०७९, बुधबार

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३५ करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेश गरेका हुन । कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात ३६.९५ प्रतिशत विनियोजन गरिएको छ ।

त्यस्तै, पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए ।

पूँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड (१.९३ प्रतिशत) स्थानीय तहमा वित्तीय हस्तान्तरण २ अर्ब ११ करोड १० लाख (५.८८) छुट्याइएको छ ।

आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८ लाख रुपैयाँ व्यभार पर्ने अनुमान गरिएको छ । सरकारले ल्याएको उक्त बजेटमध्ये संघ सरकारले दिएको वित्तीय समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, सशर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरिएको छ ।

सरकारले आन्तरिक राजस्व ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ भने, रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने उनले जानकारी दिए । आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिइने मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->