पोखरा/ बृज सिमेन्टले पोखराको लामाचौरमा सिमेण्टको गुणस्तरबारे जानकारी बाँडेको छ । वडामा सेवा लिन पुगेका सेवाग्राही र अन्य समुदायका मानिसहरुलाई सिमेन्टको प्रयोग एवम् सिमेन्टको प्रकार बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका तर्फबाट स्ट्रकचर इन्जिनियर निराजन पौडेलका साथै एरिया सेल्स म्यानेजर तुलसिराम गुप्ता, मोहन चौधरी ,प्रकास सापकोटाले सिमेन्ट , सिमेन्टका प्रकार र कस्तो कार्यको लागि कस्तो सिमेन्टको प्रयोग बारेमा जानकारी दिइएका थिए ।
वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बृज सिमेन्टले सचेतना कार्यक्रम राखेकोमा खुसी ब्यक्त गदै निमार्णमा कार्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले सिमेन्टले यस्ता कार्यक्रम अरु धेरै ठाउँमा पनि आयोजना गर्न आवश्यक भएको र सचेतना कार्यक्रम लाई निरन्तरता दिनु पर्नेमा जोड दिए । कम्पनीले यस अगाडि पोखराका बिभिन्न वडाहरुमा सचेतना कार्यक्रम गरेको थियो । बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिअन्तगर्त ओपिसी , पिपीसी र पिएसी गरी ३ प्रकारका सिमेन्ट हाल बजारमा उपलब्ध रहेका छन् ।





