बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङमा व्याटल नृत्य प्रतियोगिता

बागलुङमा व्याटल नृत्य प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७९, आइतबार

बागलुङ/ प्रबुद्ध समाज बागलुङ तथा युवा नृत्य समूहको आयोजनामा बागलुङमा खुला व्याटल नृत्य प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १० जिल्लाका १ सयबढी व्याटल कलाकारहरुको सहभागिता छ । शनिवार कालीगण्डकी चलचित्र हलमा भएको कार्यक्रममा युवाहरुले व्याटलको एकल तथा युगल नृत्य प्रस्तुत गरेका थिए ।

नृत्य प्रतियोगिताकै क्रममा नेपाली सास्कृतिक नृत्यहरुपनि प्रस्तुत भएका छन् । ती नृत्यमा किसोर किसोरी र केही युवा समेतको सहभागिता थियो । युवालाई खेल, नृत्य र रचनात्मक क्षेत्रमा लगाएर विकृतिबाट बचाउने लक्षले यो कार्यक्रम गरेको प्रवुद्ध समाज बागलुङका अध्यक्ष दिपेश सुनारले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षाकालागि राष्ट्रिय अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले युवाहरुको प्रतिभा प्रस्तुतीकालागि यो कार्यक्रम उपयोगी भएको बताए । ‘आधुनिक युवा तथा किसोरकिसोरीले चाहेको गीत संगीत र नृत्य तथा मनोरन्जनको क्षेत्रमा खुलेर लाग्ने अबसर हो’ सुवेदीले भने, ‘यस्ता कार्यक्रमबाट युवाहरुमा क्षमता र नेतृत्व समेत बिकास हुनेछ ।’ उनले युवालाई अझै अतिरिक्त क्रियाकलापमा लाग्ने अबसर चाहिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->