बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एकता सहकारीको २४ औं स्थापना दिवस : विभिन्न सामाजिक संस्थालाई सहयोग प्रदान

एकता सहकारीको २४ औं स्थापना दिवस : विभिन्न सामाजिक संस्थालाई सहयोग प्रदान


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०७९, शनिबार

बागलुङ/ एकता सहकारी संस्था लिमिटेड बागलुङ २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २४ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संस्थाका सल्लाहकार अमर थापाले गरेका थिए । साथै सहकारी थप नयाँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका संरक्षक देवबहादुर श्रेष्ठ र पद्यचन्द राजभण्डारीले केक काटेर शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारी बिच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताए । थापाले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिए ।

कार्यक्रममा संस्था संरक्षक देवबहादुर श्रेष्ठ, पद्यचन्द राजभण्डारी, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, प्रमिला राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
एकता सहकारीले संस्थाको २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक संस्था तर्फ धारा उच्च मा.वि तंग्राम, सामाजिक संस्था तर्फ नेत्र ज्योती संघ र धार्मिक क्षेत्र तर्फ गौरीधाम मन्दिरलाई भौतिक साम्रागी सहयोग गरेको छ ।

कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, सचिव महेन्द्र प्रसाद कंडेलको सञ्चालनमा तथा सहसचिव सुनिता पुरीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->