शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका स्थानीयतहमा ५ करोडभन्दा बढी बेरुजु

म्याग्दीका स्थानीयतहमा ५ करोडभन्दा बढी बेरुजु


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

बेनी/ म्याग्दीमा बेरुजुको ग्राफ घट्दो क्रममा रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमाम्याग्दीका स्थानीयतहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षककार्यालयले सार्वजनिक गरेको ५९ औँवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मामात्रै म्याग्दीका ६ स्थानीयतहमा सो रकम बराबरको बेरुजु देखिएको हो ।

गएको आवमाम्याग्दीको मालिकागाउँपालिकाको सबैभन्दा धेरै र रघुगंगागाउँपालिकाको कम बेरुजु प्रतिवेदनमा देखिएको छ। मालिकाको १.७५ प्रतिशतअर्थात १ करोड ३९ लाख ९१ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमाउल्लेख छ । जिल्ला सबैभन्दाकम बेरुजु रघुगंगागाउँपालिकाको रहेको छ । रघुगंगाको ३६ लाख २७हजार रुपैयाँअर्थात जम्माखर्चको ०.४७ रहेको छ । बेनीनगरपालिकाको १ करोड ३९ लाख ५२ हजार रुपैयाँअर्थात १.१५ प्रतिशत रकम बेरुजु देखिएको छ । धवलागिरीको ८३ लाख ३४ हजार रुपैयाँअर्थात ०.७३ प्रतिशत बेरुजु प्रतिवदेनमा देखिन्छ । अन्नपूर्ण गाउँपालिकाको ६४ लाख ८३ हजार रुपैयाँअर्थात ०.७३ प्रतिशत बेरुजु महालेखाकोे प्रतिवेदनमा देखिन्छ । मंगलागाउँपालिकाको ४० लाख ४८ हजार रुपैयाँअर्थात ०.४८ प्रतिशत बेरुजु रहेको छ ।महालेखाले देखाएको बेरुजु एक वर्षसम्म फछ्र्योट गर्नुपर्ने व्यवस्था छ ।

५९ औ प्रतिवेदनमाउपभोक्ता समितिमार्फत हुने काम, कार्यालय सञ्चाल, कर्मचारीको प्रोत्साहनतथानियुक्तिलगायतकाशिर्षकमा समेत स्थानीयतहमा बेरुजु रहेको महालेखाले औँल्याएको छ । महालेखा परिक्षक कार्यालयले सावर्जनिक गरेको २०७६÷०७७ को अन्ठाउन्नौं प्रतिवेदनमा ८ करोड ५५ लाख २७हजार रुपैयाँ बेरुजु देखिएको थियो । बि.स २०७७÷०७८ मापालिकाले बेरुजुमा सुधार गर्दे लगेको देखिन्छ । बेरुजु घटाउनदिएको निर्देशनलाइम्या्ग्दीका स्थानीयतहले कार्यान्वयन गरेको र प्रक्रिया पु–याएर फछ्र्योट गरेकाले म्याग्दीमा बेरुजुको अंक घटेको स्थानीयतहकाप्रमुखप्रशासकीयअधिकृतको भनाई छ ।

महालेखा परीक्षककार्यालयले सार्वजनिक गरेको ५८ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७६/०७७मा बेनीनगरपालिकामा २ करोड ८ लाख रुपैयाँअर्थात १.६० प्रतिशत, रघुगंगामा १ करोड ७० लाख ८२ हजार रुपैयाँअर्थात १.९९ प्रतिशत, धवलागिरीमा १ करोड ५७लाख ८ हजार रुपैयाँअर्थात १.९८ प्रतिशत, मालिकामा १ करोड ३० लाख ५७हजार रुपैयाँअर्थात १.५३ प्रतिशत, मंगलामा १ करोड २५ लाख ९३ हजार रुपैयाँअर्थात १.६० प्रतिशत र अन्नर्पूणमा ६२ लाख ८७हजार रुपैयाँअर्थात ०.७४ प्रतिश बेरुज देखाएको थियो ।प्रचलितकानुनबमोजिम रीत नपु¥याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, अनियमिततथा बेमनासिबतरिकाले आर्थिक कारोबार गरेको भेटिएमात्यस्तो रकमलाई बेरुजु भनिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->