बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कर्जा विस्तारमा कडाइ गर्ने मैद्रिक नीति ल्याईंदै

कर्जा विस्तारमा कडाइ गर्ने मैद्रिक नीति ल्याईंदै


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७९, शुक्रबार

काठमाडौं / नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । राष्ट्र बैंकले बैंक तथ वित्तीय संस्थाले ऋण प्रवाह गर्दा थप पुँजी नजुटाइ ऋण प्रवाह गर्न नपाउने व्यवस्था मौद्रिक नीतिमार्फत गर्न लागेको छ । जथाभावी कर्जा विस्तार रोक्न काउन्टर साइक्लिङ बफर लागू गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

बैंकहरूले निक्षेप संकलन र कर्जा विस्तारमा तालमेल नमिलाउँदा बैंकहरू मागेको बेला ऋण दिन नसक्ने अवस्थामा पुग्ने गरेका छन् ।

राष्ट्र बैंकले २०७६ सालमा स्थगन गरेको काउन्टर साइक्लिङ बफरलाई कार्यान्वयन गर्ने तयारी गरेको स्रोतले बतायो । तीनवर्ष अगाडि राष्ट्र बैंकले २ प्रतिशतले काउन्टर साइक्लिकङ बफर राख्नुपर्ने व्यवस्था गरेको थियो । सम्भवतः राष्ट्र बैंकले यसलाई नै ब्युताउँनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->