बागलुङ/ नेपाल बैंक लिमिटेड बागलुङ शाखाले करदाताको सुविधाका लागि सञ्चालनमा ल्याएको बिस्तारीत काउन्टरको औपचारीक उद्घाटन गरिएको छ । आन्तरीक राजश्व कार्यालय बागलुङमा रहेको काउन्टरलाई थप व्यवस्थापन गरि औपचारीक उद्घाटन गरिएको हो ।
आन्तरीक राजश्व कार्यालय बागलुङमा रहेको काउन्टरको कार्यालयका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले उद्घाटन गरेका हुन् । साँघुरो कोठाबाट सञ्चालनमा रहेको काउन्टर कार्यालय परिसरमै रहेको फराकिलो भवनमा स्थानान्त्रण गरिएको छ । काउन्टर उद्घाटन गर्दै आचार्यले करदातालाई राजश्व जम्मा गर्न शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सर्वसाधारणको सुविधाका लागि बैंकले काउन्टर सञ्चालन गरेर सहयोग गरेको भन्दै धन्यवाद दिए ।
बैंकले बागलुङ बजारको शिवधारा चोकमा रहेको शाखा कार्यालय भन्दा टाढा रहेकाले करदाता सेवाग्रहीलाई असहज भएको भन्दै कार्यालय परिसरमानै काउन्टर सञ्चालनमा ल्याएको थियो । ‘काउन्टरबाट सेवा प्रवाह सुरु भएको धेरै भयो तर हामिले औपचारीक आरम्भ गरेका थिएनौं’ नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले भने ‘अव हामि औपचारीक रुपमानै आन्तरीक राजश्व कार्यालयमा उपस्थित छौं ।’
काउन्टरबाट राजश्व संकलनको काम हुने छ । बिषेश परिस्थितीमा चेक साट्ने तथा जम्मा गर्ने, कर्मचारी सञ्चय कोष जम्मा गर्ने लगायतका काम समेत काउन्टरबाट गर्न सकिने सेवाले बताए । एक जना कर्मचारी र एक जना सुरक्षा गार्ड काउन्टरको लागि खटाईएको छ ।





