बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतको धाईरिङमा करेन्ट लाग्दा एकको मृत्यु, ११ जना घाइते

पर्वतको धाईरिङमा करेन्ट लाग्दा एकको मृत्यु, ११ जना घाइते


  • संजय रेग्मी
  • साउन २३ २०७९, सोमबार

पर्वत/पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ विस्तार भएको विद्युतीय लाइनमा आएको उच्च करेन्टका कारण एक जनाको मृत्यु भएको छ भने अरू ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार सोमबार बिहान बढी क्षमता करेन्ट प्रवाह भएपछि बिद्युत् बन्द गर्ने क्रममा अन्दाजी ५० वर्षीया सिता के.सी.को मृत्यु भएको हो । उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाँदै गरेको अवस्थामा बाटोमा नै मृत्यु भएको हो ।

घटनामा परी अन्य १३ जना घाइते भएका छन् । उनीहरू ४० वर्षीय बुद्धिराम दर्जी, ३० वर्षीया टीका दर्जी, ४५ वर्षीय वीरबहादुर क्षेत्री, ३५ वर्षीया देवी क्षेत्री, २६ वर्षीया विनीता आचार्य, ५२ वर्षीय जय प्रसाद शर्मा, ५२ वर्षीया सरस्वती आचार्य, १२ वर्षीया पूर्णिमा आचार्य, ६३ वर्षीय जगन गिरी र २१ वर्षीया सरिता क्षेत्री रहेका छन् । उनीहरूको हात, खुट्टा, गर्धन लगायतका शरीरका विभिन्न भागमा डढ्नुको साथै अन्य चोटपटक पनि लागेको छ । उनीहरूमध्ये केही गाउँमै रहेको कोही उपचारको लागि बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।

करेन्टकै कारण विभिन्न घरमा पालिएका चौपायाहरू पनि मरेका छन् भने धेरै घरमा जडान गरिएका विद्युतीय मिटर तथा वायरिङहरू जलेका छन् ।

नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले करेन्टको उच्च बहावका कारण घटना भएको बताउँदै पर्वत वितरण केन्द्रबाट दुई ओटा टोली गाउँमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->