बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा महिनैपिच्छे एटिएम फोड्ने प्रयास

पोखरामा महिनैपिच्छे एटिएम फोड्ने प्रयास

प्रहरी भन्छ,‘पश्चिमी मुलुकमा यसलाई चोरी नै मानिदैन्’


  • विजय नेपाली
  • साउन २४ २०७९, मंगलबार

पोखरा/ गत माघ ८ गते पोखरा १७ विरौटास्थित माछापुच्छे्र बैंकको एटिएम फोड्ने प्रयास भयो । एटिएम फोडेर रकम लिने प्रयास गरिरहँदा कुश्मा नगरपालिका ३ का २३ वर्षीय कृष्णबहादुर विक पक्राउ परे । उनलाई कास्की जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश दियो । धरौटी रकम बुझाउन नसक्दा उनी पुर्पक्षका लागि कारागार चलान भए । चार महिनाको कैद सजायँ पाएपछि वैशाख २७ गते ५ हजार रुपैयाँ धरौटीमा रिहा भए ।

कैद सजायँ भोगेर आएका उनले पुनः एटिएम मेसिन फोडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ११ बजेको समयमा विरौटामै रहेको एनआइसी एशिया बैंकको एटिएम फोडेर रकम चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले विकलाई पक्राउ गरेको हो ।

पोखरामा ३ हप्ताको अन्तरालमा २ पटक एटिएम मेसिन फोडिएको हो । यसअघि साउन २ गते रातको समयमा पोखरा महानगरपालिका वडा नंं.२६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटिएमलाई विना हात हतियार खोलेर त्यहाँ भएको नगद चोरी भएको थियो । नगद कसले चो¥यो भन्ने कुरा अझै खुल्न सकिरहेको छैन् । यो घटना प्रहरीको टाउको दुखाइको विषय बनिरहेको बेला पुनः एटिएम फोडिनुले महानगरकै सुरक्षालाई चुनौति दिइरहेको छ । वेैशाखदेखि आजसम्मको मितिमा पोखरामा मात्रै ४ पटक एटिएम मेसिन फोडेर रकम निकाल्ने प्रयास भएको छ । जसमध्ये लेखनाथको घटनामा भने रकम नै लिएर फरार भएको हो अन्य घटनामा भने, प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको छ ।

तर, प्रहरीले भने यस्तो घटनालाई सामान्य लिइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले विदेशी मुलुकको उदाहरण दिँदै यो घटनालाई चोरी नै नमान्ने बताउँछन् ।
लेखनाथको घटनामा प्रहरीले पक्राउ गर्न सकेन कि ध्यान दिएन भन्ने प्रश्न गर्दा उनले भने,‘तपाईँलाई के लाग्छ ? ध्यान गएन जस्तो लाग्छ ? जोडबल गरेर लागे कस्तो हुन्छ, नलागे कस्तो हुन्छ ? मलाई बताइदिनुस न, तपाईंले आधार के देख्नुभयो ? उनले एफबिआईले अनुसन्धान गरेको मुद्दाको उदाहरण दिँदै मानिसको भौतिक क्षति नभए वा डकैति नभएसम्म चोरी गरेको मान्न नसकिने जिकिर गरे ।

‘आजसम्म युरोप, अमेरिकाको केशमा हेर्नुस । एकपटक एफबिआईका केशहरु हेर्नुहोस् । एफबिआईको वेवपेजमा जानुस् अनुसन्धान हुँदै गरेका केशहरु हेनुस्’, उनले भने,‘कुनै पनि घटनामा तत्काल पक्राउ पर्छ भन्ने होइन् अनुसन्धानलाई केही लिडहरु चाहिन्छ त्यसको आधारमा अनुसन्धान गर्ने हो । अमेरिकामा, बेलायतमा चोरीलाई अपराध नै मान्दैनन् । इन्स्योरेन्स क्लेम गर्छन सकियो । पश्चिमा राष्ट्रहरुमा आफ्नो धन सम्पतिको सुरक्षा आफै गर्नुपर्छ । चोरी भइहाल्यो भने त्यसको इन्स्योरेन्स हुन्छ खासै मतलब हुँदैन । कस्तो हकमा अपराध भनिन्छ भने, जहाँ चाहीँ फिजिकल टच भएर व्यक्तिहरुलाई कुटपिट गरेर वा डकैति गरेको छ भने त्यहाँ हुन्छ । होइन भने यस्ता साधारण चोरीलाई चोरी नै मान्दैनन् ।’

पोखरामा वैशाख २९ गते पृथ्वीचोकमा रहेको माछापुच्छे बैंकको एटिएम, असार २१ गते न्युरोडमा एनआइसी एशिया, साउन २ गते लेखनाथमा रहेको एनएमबी र शुक्रबार विरौटाको एनएमबी बैंकको एटिएम फोडने प्रयास भएको हो । पोखरामा महिनापिच्छे नै एटिएम फोडिन थालेपनि उनले देशकै अन्य शहरमा भन्दा कम फोडिएको तर्फ संज्ञा गरे । उनले एटिएमा फोडिएको घटना बढेको हो कि होइन भन्नलाई २ वर्ष अघिदेखिको तथ्याङ्क हेरेर कुरा गर्नुपर्ने सुनाए ।

पोखरामा एटिएम फोडेको घटना बढिरहेको कुराको अस्वीकार गर्दै उनले घटना बढेको भन्न नमिल्ने र भनेमा मनगणन्ते कुरा मात्रै हुने बताए । ‘पछिल्लो समय के देखियोभन्दा अघिका तथ्याङ्क चाहियो । २ वर्ष वा १ वर्ष अघिको तथ्याङ्क नै छैन् भने कसरी कम्पेयर गर्नसक्नुहुन्छ ? पोखरा र काठमाडौंको हेर्नुभयो ? हामीले एक्सपोज ग¥यौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->