शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन चौपरीमा माछापुच्छ्रेको र्बैंकिङ सेवा

अर्जुन चौपरीमा माछापुच्छ्रेको र्बैंकिङ सेवा

छाङछाङदीमा क्युआर पे ।


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०७९, बिहिबार

स्याङ्जा/ यहाँको अर्जुन चौपारी गाउँपालिका १ मा माछापुच्छ्रे बैकले शाखारहित सेवा सुरु गरेको छ ।

बैकका डिजिटल बैंकिङ्ग नायव प्रमुख विनय रेग्मीका अनुसार शाखा रहित बैंकिङ्ग सेवाले रेमिट्यान्स झिक्न, खाता खोल्न, पैसा जम्मा तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवासमेत दिनेछ । बैकबाट दिने ८० प्रतिशत सेवा यहाँबाट प्राप्त हुने उने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले छिटो र छरितो बैंकिङ्ग सेवा दिने उदेश्यले शाखारहित सेवा सुरु भएको बताए ।हरेक गरीब तथा निम्न आयस्तर भएका नागरिकलाई शेयरबजारको माध्यमबाट आर्थिक आर्जनमा सरिक गराउने र बैंकमा डिम्याट खाता खोल्न तथा सेयरमा लगानी गर्दा शुल्क तिर्न नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका सिइओ अजय आचार्यले शाखारहित बैंकिङ्ग सेवा सरल र सहज भएको जिकिर गरे । कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, वडाध्यक्ष रणबहादुर थापा, बैंकिङ्ग सेवाका प्रतिनिधि टोपबहादुर क्षेत्रीले पनि बोलेका थिए ।

छाङछाङदीमा क्युआर पे ।

भिरकोट नगरपालिका १ छाङछाङदीमा क्युआरपे मार्फतु दान दिन मिल्ने ब्यवस्था गरिएको छ । माछापुच्छ्रे बैक वालिङ शाखाले मन्दिर व्यवस्थापन समितिको सहकार्यमा क्युआरपे मार्फत् दान दिन मिल्ने व्यवस्था गरेको हो । क्युआरपेको शुभारम्भ गर्दै नगरपालिका प्रमुख गोविन्दप्रसाद कर्माचार्यले क्युआरपे राखेर बैंकले धार्मिक स्थलमा दान गर्न सहज बनाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->