बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विद्युतीय खरिद प्रक्रियाबारे व्यवसायिलाई अभिमुखीकरण

विद्युतीय खरिद प्रक्रियाबारे व्यवसायिलाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०७९, मंगलबार

बागलुङ/ विद्युतीय खरिद प्रणाली प्रक्रियाबारे बागलुङका व्यवसायीलाई सचेत गरिएको छ । निर्माण व्यवसायी संघ बागलुङको आयोजनामा निर्माण क्षेत्रमा आबद्ध कम्पनीका प्रतिनिधिहरुलाई दुई दिने तालिम सञ्चालन गरी विद्युतीय ठेक्का प्रक्रियाबारे जानकारी दिएको हो ।

तालिममा बागलुङ, पर्वत र म्याग्दीका कुल ४० जना निर्माण व्यवसायस्को सहभागिता रहेको छ । सरकारले ठेक्का प्रक्रियालाई विद्युतीय माध्यमबाट प्रस्ताव पेस गर्ने व्यवस्था गरेपछि सोही बमोजिम व्यवसायीको क्षमता विकास गर्न तालिम आयोजना गरेको निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष रामराज गुरुङले बताए ।

सरकारले विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका–२०७४ जारी गरेको छ । सोही बमोजिम निर्माण व्यवसायीले विद्युतीय माध्यमको प्रयोग गरेर ठेक्का प्रस्ताव गर्नुपर्ने हुन्छ । अनलाईनमार्फत ठेक्का प्रस्ताव गर्नुपर्ने हुँदा प्राविधिक ज्ञान, सिपको अभावले ठेक्का प्रस्ताव अपुरो हुने, आवश्यक कागजात नपुग्दा प्रस्ताव फेल हुने जस्ता समस्या भोग्दै आएका थिए ।

‘कार्यालय गेटमा हुने प्रक्रिया नेटमा पुग्यो’ अध्यक्ष गुरुङले भने– ‘व्यवसायीहरुलाई समय अनुकुल प्रविधिमा अभ्यस्त गराउन सकिएन भने रोजीरोटी गुम्न सक्छ ।’ राज्यले निर्माण व्यवसायीको प्राविधिक क्षमता विकासमा लगानी गर्नुपर्ने उनको भनाई छ ।

सार्वजनिक खरिद प्रक्रियालाई खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन सार्वजनिक खरिद प्रक्रियामा विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता हासिल गर्ने उद्देश्यका साथ सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ जारी भएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४६ को उपनियम २ बमोजिम स्थापना सञ्चालन र व्यवस्थापन गरेको प्रणलाी हो । पछिल्लो पटक भएको मुल्यवृद्धिले निर्माण व्यवसायी घरबारविहिन हुने अवस्थामा पुगेको हुँदा सरकारले मुल्यवृद्धि अनुसारको क्षतिपूर्ति निर्माण क्षेत्रलाई उपलब्ध गराउनु पर्ने नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष खिम प्रसाद मल्लको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->