पोखरा/ पोखराबाट उदाएकी बाल अभियन्ता प्रेन्सा रेग्मी नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।
कोरोना महामारीको समयमा निःशुल्क मास्क वितरण, फुटबैंकदेखी गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी चर्चामा आएकी प्रेन्सा अब नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी हुन् ।
मंगलबार बैंकको ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र प्रेन्सा रेग्मीको तर्फबाट रामकृष्ण रेग्मीले हस्ताक्षर गरे ।

सम्झौतापछि प्रेन्सा रेग्मीले नविल बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको सुनाइन् ।
उनले सामाजिक कार्यका साथै बैंकको प्रवद्र्धनमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।






