बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बजार बिक्रि प्रतिनिधि संघको अध्यक्षमा सुवेदी

बजार बिक्रि प्रतिनिधि संघको अध्यक्षमा सुवेदी


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७९, बिहिबार

बागलुङ /नेपाल बजार बिक्रि प्रतिनिधि संघको दोस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनले रामजी शर्मा सुवेदीको अध्यक्षतमा १७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लोकनाथ शर्मा, सचिवमा दिनेश गौतम, सह–सचिव बालाजी शर्मा, कोषध्यक्षमा सूर्य पौडेल, अर्थ उपसचिवमा बालकृष्ण रेग्मी र प्रचार तथा संगठन बिस्तार संयोजकमा आशोक रेग्मी चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा मौसम के.सी., राजन आचार्य, आनन्द पौडेल, किरण के.सी., निर्मल क्षेत्री, कृष्ण सुवेदी, हरी पौडेल, अनिल पाठक, दुर्गा सुवदी र सन्दीप तिमिल्सीना चयन भएका छन् ।
अधिबेशनको उद्घाटन गर्दै नेपाल बजार बिक्रि प्रतिनिधि संघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश आचार्यले उद्योग व्यवसाय र बजार बिक्रि प्रतिनिधिहरुको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए । संघले बजार बिक्रि प्रतिनिधिहरुको हक हितको क्षेत्रमा काम गर्नुपर्ने भन्दै उनले संगठनले बजार बिक्रि प्रतिनिधिहरुलाई सवल बनाउने बताए ।

कार्यक्रममा नेपाल बजार बिक्रि प्रतिनिधि धौलागिरीका सल्लाहकार महेश घिमिरेले बोलेका थिए । बजार बिक्रि प्रतिनिधि संघ धौलागिरी कमिटिका निवर्तमान अध्यक्ष दिपेन्द्र पौडेलको अध्यक्षता, गण्डकी कमिटिका शिक्षा सचिव दिनेश गौतमको स्वागत र सदस्य सूर्य पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->