बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीका समस्या मिलेर समाधान खोजौं : सापकोटा

सहकारीका समस्या मिलेर समाधान खोजौं : सापकोटा


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०७९, मंगलबार

बागलुङ/ गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले गरिवी निवारणको महत्वपूर्ण माध्यम सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्या मिलेर समाधान खोज्नुपर्ने बताएका छन् । आम जनसमुदायमा सहकारीप्रति नकरात्मक धारणा बनेको भन्दै उनले अहिले देखिएको समस्यालाई तत्काल समाधान नगरे यसले ठुलो रुपलिने बताए ।

राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सोमवार बागलुङ बजारमा आयोजना गरेको सहकारी बैंकको सेवा र सहकारीका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै उनले सहकारीले जनतालाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउने काम गरेको बताए । तर केही सहकारीले सहकारीको मूल्य, मान्यता, सिद्धान्त र ऐन नियम विपरित काम गरेका कारण समस्या आएको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरे । बैंकका शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैकका कर्मचारी नारायण पौडेल स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->