बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट: ३० हजार ९२४ जनाले प्राप्त गरे १० कित्ता सेयर

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट: ३० हजार ९२४ जनाले प्राप्त गरे १० कित्ता सेयर


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०७९, बुधबार

पोखरा / धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ३० हजार ९२४ लाई १० कित्ता र ५ जनालाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

उक्त आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले २ करोड ४ लाख ७५ हजार ९८० कित्ताको लागि आवेदन दिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । जसमध्ये १ हजार २८६ आवेदन अस्वीकृत भएको छ । यस्तै १८ लाख ६४ हजार ६४० आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->