बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सनसाइन सहकारीको त्रिवर्षिय व्यवसायिक योजना निमार्ण कार्यशाला सम्पन्न

सनसाइन सहकारीको त्रिवर्षिय व्यवसायिक योजना निमार्ण कार्यशाला सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७९, शुक्रबार

पोखरा / ‘समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी’ भन्ने परिकल्पना सहित पोखरा महानगरपालिका वडा ८ को सनसाइन बचत तथा ऋण सहकारीले त्रिवर्षिय रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अग्निप्रसाद कँडेलज्युको अध्यक्षतामा भदौ ५ देखी ७ गतेसम्म कार्यशालाको आयोजना गरिएको थियो ।

नेफस्कुनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र अनुगमन अधिकृत सूर्यप्रसाद तिमल्सिनाले सहजिकरण गरेका उक्त कार्यशालामा सञ्चालक समित, आन्तरिक लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनको सहभागीता रहेको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत मन्तव्य तथा निवर्तमान अध्यक्ष गजकुमारी गुरुङले शुभकामना मन्तव्य राखेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव नवराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->