पोखरा/ पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘नगदै नगदको वर्षा’ उपहार योजनाका पहिलो पाक्षिक विजेता छानिएका छन् ।
मलमा बुधबार उत्सव व्यवस्थापन समिति, पोखरा ट्रेड व्यवस्थापन र ग्राहकहरको उपस्थितिमा भएको उपहार सार्वजनिक कार्यक्रममा आरुश खनालले १० हजार रुपैयाँ जित्न सफल भए ।
यस्तै प्रतिमा गुरुङले २ हजार र पोखरा सिनेप्लेक्सको टिकट , योगेन्द्र पुनले फिस्टेल ड्रिम पार्कको एक दिनको प्याकेज, रोजी गुरुङले २ हजार र एक हजार बराबरको फेसियल सेवा र राजु रानामगरले १ हजार र क्लासिक चुलोमा डिनर पुरस्कार पाएका छन् ।
कार्यक्रममा पोखरा ट्रेड मलका प्रबन्ध सञ्चालक मिनराज काफ्ले, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी, सचिव रमेश बराल, कोषाध्यक्ष रघुनाथ दवाडी, सह कोषाध्यक्ष धर्मदत्त अधिकारी, सदस्यहरु नवराज ढुङ्गाना, राजु जिसी, राजेन्द्र तिमिल्सिना, राजिव क्षेत्रीलगायत उपस्थित थिए । ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सो उपहार योजना ल्याएका हुन् ।





