बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवसायीको समस्या समाधान गर्छु : प्रजापति

व्यवसायीको समस्या समाधान गर्छु : प्रजापति


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७९, शुक्रबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको पीरमर्काको साझेदारी गर्न आफूले उम्मेदवारी दिएको उनले तर्क गरे ।

भदौ २४ र २५ गते हुन लागेको संघको महाधिवेशनको सन्दर्भमा आफ्नो प्यानलसहित घरदैलो गरिरहेका प्रजापतिले संघप्रति व्यवसायीको अपनत्व बढाउने काम आफ्नो नेतृत्वको समूहले गर्ने बताए । लामो समयको लकडाउनका कारण व्यवसायीहरु मर्कामा रहेको यथार्थ आफूले बुझेको र व्यवसायीहरुलाई साँच्चै विभिन्न खाले समस्याबाट बाहिर ल्याउन संस्थागत रुपमा गर्नुपर्ने कार्ययोजना आफूसंग रहेको उनले बताए । ’यो समयमा बैंकको ब्याज, घरभाडामा आएको वृद्धि, महंगी र राज्यस्तरबाट विभिन्न वहानामा हुने प्रहारले व्यवसायीहरु खुब समस्यामा छन् ।’ उनले भने –’यी सबै समस्याहरुको एकमुष्ठ समाधान गर्नका लागि पोखरा उद्योग वाणिज्य संघको नृेतृत्वमा आएपछि मैले संस्थागत रुपमा काम गर्नेछु ।’

अध्यक्षका प्रत्यासी प्रजापतिले आफू नेतृत्वमा आएसंगै पोखरा उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउन पनि भुमिका खेल्ने बताएका छन् । उनले आर्थिक स्रोत बढाउनका लागि उद्योग वाणिज्य संघको सचिवालयलाई आधुनिक मलको रुपमा विकसित गर्ने, सदस्यता संख्या वृद्धि गर्ने र विभिन्न भगिनी सम्बन्ध भएका संस्थाहरुमार्फत साझेदारीमा सामाजिक क्रियाकलाप गर्ने आफ्ना योजना सुनाए । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल र न्यूरोड आसपासका व्यवसायीहरुमाझ घरदैलोको क्रममा उनले आफ्ना कार्ययोजनाहरु सुनाएका हुन् ।

उनले नेतृत्वका लागि आफ्नो प्रतिस्पर्धा कसैसँग नभई आफैँसँग भएको बताए । ’नेतृत्वमा रहेर व्यवसायीको पक्षमा काम गर्नुसँगै लामो समयको ईतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको गरिमा र प्रभावलाई अझै बढाउनेतर्फ मैले ध्यान केन्द्रित गर्नेछु’ उनले भने ।

अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणि पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग प्रत्यासी छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->