बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संघलाई ‘साझा घर’ बनाउने अर्जुनको उद्घोष

संघलाई ‘साझा घर’ बनाउने अर्जुनको उद्घोष


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

पोखरा/ टिमसहित पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको प्रत्यासी बनेका अर्जुन पोखरेलले पनि शुक्रबार विन्ध्यवासिनी, अर्चलबोट, बागलुङ बसपार्क, पस्र्याङ, मालेपाटन, जिरोकिलोमिटर, सिर्जनाचोकलगायत ठाउँमा घरदैलो गरेका छन् । अध्यक्ष पोखरेलले व्यवसायीका यावत समस्या समाधानका लागि आफ्नो टीमले काम गर्ने प्रतिबद्धता जनाए ।

‘बैंकको समस्या छ । कतिपय ठाउँमा व्यवसायीहरुले सजिलोसँग व्यवसाय गर्न पाएका छैनन्’, उनले भने, ‘कोरोनाले धेरै व्यवसायीलाई विस्थापित बनायो । दुख परेको बेला संघलाई अभिभावक बनाउने र साथ दिने गरी मेरो टीमले काम गर्छ ।’

पोखरेल प्यानल ८ बुँदे घोषणापत्र सहित चुनावी मैदानमा छ । पोखरा उद्योग वाणिज्य संघलाई आम पोखरेलीको साझा घरको रुपमा विकास गर्ने उनको संकल्प छ । ‘पोखरालाई आधुनिक र व्यवस्थित शहर बनाउने नेतृत्व उद्योग वाणिज्य संघले नै लिएको थियो । अहिले संघ समुदायबाट टाढा भैरहेको छ’, पोखरेल भन्छन्, ‘हिजो अग्रजहरुले गरेको योगदानलाई संरक्षण गर्दै आगामी कार्यकालमा संघप्रति अझै आकर्षण बढाउने गरी काम गर्छौं । संघलाई सबै पोखरेलीको ‘साझा घर’ को रुपमा विकास गर्ने प्रण गर्दछौं ।’

पोखरेल प्यानलले उद्योग वाणिज्य संघको भवनलाई पुनः निर्माण गरी बहुतले व्यवसायिक भवनका रुपमा विकास गर्ने बताए । संघको आम्दानी बढाउने र उद्योगी व्यवसायीहरुको उत्पादन विक्री कक्ष निर्माण गर्ने टीमको प्रतिबद्धता छ । अहिले भैरहेको भवनलाई बहुतले बनाएर २ वटा पार्किङ, ३ वटा ब्यापारिक कम्प्लेक्स र संघको व्यवस्थित कार्यालय बनाइने प्यानलले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->