बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघको २ कर्पोरेट सदस्य निर्विरोध, संघका केसी ग्रुपको प्रवेश

पोउवा संघको २ कर्पोरेट सदस्य निर्विरोध, संघका केसी ग्रुपको प्रवेश


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा कर्पोरेटतर्फका २ सदस्य निर्विरोध भएका छन् । कर्पोरेटतर्फ २ जनाले मात्रै मनोनयनपत्र लगेपछि निर्विरोध हुने अवस्था आएको छ । निर्विरोध हुनेमा युनाइटेड इदीमर्दी एण्ड आरबीकी बन्दना कार्की केसी र इजी टे«ेडिङ प्रालिका रामप्रसाद कँडेल रहेका छन् । बन्दना पोखराको प्रतिष्ठित केसी ग्रुपकी सदस्य हुन् ।

निर्वाचन समितिका अनुसार शुक्रबार मनोनयनपत्र लिने र शनिबार दाखिला गर्ने कार्यतालिका रहेको छ । संघको ३४ औं महाधिवेशनअन्तर्गत यही भदौ २५ गते निर्वाचन हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । दुबैले प्यानलसहित नै चुनावी अभियान संचालन गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षमा हालका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की र हालका कार्यसमिति सदस्य हरिहर सापकोटाले मैदानमा छन् भने ।

उद्योग उपाध्यक्षमा हालका कार्यसमिति सदस्य रहेका देवेन्द्र केसी र हिरामणि पण्डित भिड््दै छन् । वाणिज्य उपाध्यक्षको लागि उत्तममान बुद्धाचार्य, कुमारी मुना बास्तोला र सोवित पौडेलले मनोनयनपत्र लगेका छन् । उनीहरुले ५० हजार शुल्क बुझाउँदै मनोनयनपत्र लगेका ह्ुन् । महासचिवमा पनि ३ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ । केशवबहादुर खत्री,तारानाथ ढुंगाना र बलराम आचार्यबीच महासचिवमा भिडन्त हुँदैछ । कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला र हरिराज पन्त एवं उपमहासचिवमा हर्कबहादुर अधिकारी‘मिरोज’ र शोभा गौतम प्रतिस्पर्धी देखिएका छन् । खुलातर्फको १० जना सदस्यको लागि १९ जना,४ जना बस्तुगतको लागि ६ जना तथा एउटा उद्योगतर्फको सदस्यको लागि २ जनाको मनोनयनपत्र लगिएको संघको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->