बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वर्षाले बिगारेका सडक दसैँ अगावै सञ्चालनमा ल्याउने तयारीमा फलेवास नगरपालिका

वर्षाले बिगारेका सडक दसैँ अगावै सञ्चालनमा ल्याउने तयारीमा फलेवास नगरपालिका


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७९, बुधबार

पर्वत/ वर्षाका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि जिल्लाको फलेवास नगरपालिकाले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गरिसक्ने बताएको छ।

नेपालका मुख्य चाडबाडहरू नजिकै आइरहेको बेलामा ओहदोहर गर्नेहरूका कारण सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा एक त सवारी नै नचल्ने अर्को चलेमा पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैं अगावै सडकहरूलाई सञ्चालनमा ल्याउन लागिएको बताए ।

नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडकहरू कच्ची नै रहेको कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ। यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकहरूको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाट समेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख तिवारीको भनाई छ ।

नगरपालिकामा आयोजित वडा सचिव तथा प्राविधिक सहायक कर्मचारीहरूका लागि फलेवास नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको एक दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख तिवारीले दसैँमा टिका लगाउन गाउँ आउने हरेक नगरवासीले सडक पुगेससम्मको ठाउँमा गाडीको सुविधा प्रयोग गर्न सक्ने बताए।

‘बिना सवारी कोही पनि नगरवासी घरसम्म पुग्नबाट वञ्चित हुन नपरोस् भनेर ११ वटै वडामा आवश्यकता पहिचान गरी सडक मर्मतका लागि माग गर्न आव्हान गरिएको छ,’ वडा सचिवहरूलाई निर्देशन दिँदै नगरप्रमुख शर्माले भने, ‘कर्मचारीहरू भनेको स्थायी सरकार हो । स्थायी सरकारलाई कहाँ समस्या छ, कहाँको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने राम्रोसँग जानकारी हुन्छ। त्यसैले आवश्यकताका आधारमा गुनासो टिपेर पालिकामा खबर गर्नुहोला।’
नगरप्रमुख शर्माले आफूले निर्वाचनका बेला गरेका बाचा सङ्घ, प्रदेश र नगरपालिकामध्ये जुनसुकै माध्यमबाट भए पनि आगामी चार वर्षभित्र पुरा गरेरै छोड्ने र त्यसका लागि कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताए ।

उपप्रमुख शोभा कुमारी क्षेत्रीले गाउँ गाउँमा सिंहदरबार भन्ने मन्त्रको मर्म बुझेर काम गरेपछि कुनै पनि नागरिकले दुःख नपाउने उल्लेख गर्दै त्यस मन्त्रलाई शिरोधार्य गर्दै काम गर्न वडा सचिवदेखि जनप्रतिनिधिसम्मलाई अनुरोध गरिन । उनले फलेवास गाउँ नै गाउँको नगरपालिका भएकोले सानो सानो रकम संकलन गरेर करको दर नभई दायरा बढाउनुपर्ने र त्यसका लागि हरेक वडा सचिवहरू जिम्मेवार हुनुपर्ने उल्लेख गरिन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले कर्मचारीहरू आफू कार्यरत कार्यालयप्रति जिम्मेवार र बफादार बन्नुपर्ने बताउँदै आफूहरू कसैको आस्था र बिचारको भन्दा पहिले राष्ट्रसेवक कर्मचारीहरू बन्नुपर्ने बताए।

राजस्व शाखाले फलेवासको राजस्व सङ्कलनलाई पूर्ण डिजिटल बनाउनका लागि वडा सचिवहरूलाई तालिम दिन लागेको हो। उनका अनुसार अनलाइनबाट राजस्व सङ्कलनका लागि हरेक वडामा आवश्यक पूर्वाधार निर्माण भइसकेकोले अब हरेक विषयको राजस्व संकलन अनलाइनबाटै हुने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->