बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७९, बिहिबार

पोखरा – पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो ।

त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई महानगरपालिकाले भदौ २२ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र नगरप्रहरीसहित गएको डोजरले घर तथा पसल भत्काउन सुरु गरेको हो । महेन्द्रपुलस्थित उक्त जग्गामा पोखरा सार्वजनिक पुस्तकालय, पोखरा आर्ट ग्यालरी र व्यक्तिका पसलहरु छन् ।

ती पसलहरुको भाडासमेत वर्षौदेखि महानगरपालिकाले पाएको छैन । जसलाई ठेक्कामा दिएको हो, ऊ पनि महानगरपालिको सम्पर्कमा नभएको बताइएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि परेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->