पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । संघको अध्यक्षमा पवनकुमार प्रजापति र अर्जुन पोखरेल प्रतिस्पर्धामा छन् । पवन हालका वरिष्ठ उपाध्यक्ष र अर्जुन हालका वाणिज्य उपाध्यक्ष हुन् । उनीहरु प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटा मैदानमा छन् ।
उता, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी र हिरामणि पण्डितबीच प्रतिस्पर्धा हुने भएको छ भने वाणिज्य उपाध्यक्षतर्फ त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । वाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य,कुमारी मुना बास्तोला र सोवित पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । सोवित स्वतन्त्र रुपमा उम्मेदवार बनेका हुन् भने उत्तममान पवन समूहबाट मैदानमा आएका हुन् । मुना बास्तोला अर्जुन समूहबाट चुनावमा आएकी हुन् । यसैगरि महासचिवमा पनि ३ जना मैदानमा छन् ।
महासचिवमा केशवबहाुदुर खत्री, तारानाथ ढुंगाना र बलराम आचार्य मैदानमा छन् । तारानाथ स्वतन्त्र हुन् भने केशवबहादुर अर्जुन र बलराम पवन समूहमा रहेका छन् । कोषाध्यक्षमा दीनेशचन्द्र बास्तोला र हरिराज पन्त र उपमहासचिवमा शोभा पौडेल र हर्कबहादुर अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । १० जना साधारण सदस्यको लागि विनोद केसी, भीम गौतम,बालकृष्ण कोइराला,ललितबहादुर कुँवर,यमनाथ तिमिल्सिना,सुदीप प्रधानाङ्ग,सुदीप ओझा,रामचन्द्र शर्मा,भरत केसी,मनोजकुमार श्रेष्ठ,दीलिपकुमार श्रेष्ठ,हिमनिधि लौडारी,कृष्णप्रसाद कोइराला,दुर्गा रञ्जित,उदयबहादुर केसी,धर्मेन्द्रकुमार बाटाजु,माधव बस्ताकोटी,यादवप्रसाद पोखरेल उम्मेदवार छन् । बस्तुगत सदस्यतर्फ कुश कार्की,जीवनप्रकाश श्रेष्ठ,प्रेमप्रसाद सुवेदी,लिलाधर चपाइँ,लेखनाथ सुवेदी र विष्णुप्रसाद तिमिल्सिना मैदानमा छन् । औद्योगिक सदस्यमा यसअघि नै युवकबहादुर बस्नेत निर्विरोध भएका छन् ।
कर्पोरेट सदस्यमाा पनि बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध भएका छन् । महाधिवेशनको शुक्रबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका थिए । उद्घाटनकै क्रममा उत्कृष्ट व्यवसायी सम्मानबाट बसन्त नर्सरीका बसन्त बानियाँ र होटल बाराहीका अध्यक्ष हरिप्रसाद पौडेल, महिला उद्यमी सम्मान २०७९ बाट हिरा भट्टराई, विशेष सम्मानबाट नेपाल लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ तथा संघका सेवा निवृत्त कार्यकारी निर्देशक टोपबहादुर थापा र कार्यालय सहयोगी भिमप्रसाद घिमिरे सम्मानित भए ।





