बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गोकर्ण कार्की : कामले प्रमाणित गरेका, उवासंघ बुझेका, उद्योगी व्यवसायीले खोजेका उमेदवार

गोकर्ण कार्की : कामले प्रमाणित गरेका, उवासंघ बुझेका, उद्योगी व्यवसायीले खोजेका उमेदवार


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७९, शनिबार

पोखरा / २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कु गरि निर्दलीय पञ्चायत लागेपछि जनताले प्रजातन्त्र पाउन पुनः ३० वर्ष कुर्नुप¥यो ।
निसास्सिँदो त्यो समयमा दलमाथिको प्रतिबन्ध मात्रै लागेको थिएन, उद्योग, व्यवसायदेखि हरेका क्षेत्रमा उस्तै निराशा थियो ।
हुनत, पोखरामा ३० को दशकमा नै पोखरा गुरुयोजना बनेको हो । पोखरा औद्योगिक क्षेत्रको योजना पनि त्यही गुरुयोजनाले जन्माएको हो । तर, निर्दलीयता र पञ्चायतको प्रभाव औद्योगिक व्यवसायमा पनि प¥यो ।

देशमा प्रजातन्त्र र बहुदलको लागि जनआक्रोश बढ्दै जाँदा, शासकीय प्रणालीविरुद्ध जनतामा चेतना बढ्दै जाँदा उद्योग व्यवसायमाको चेत पनि बढ्दै गयो ।
पञ्चायत सुरु भएको १० वर्षपछि जन्मिएको एक बालक बहुदल आउँदा एक किशोर बनिसकेको थियो ।

बहुदल आउनुपूर्वैको एकवर्ष अगाडि २०४५ सालमा त्यो किशोरले पोखरामा भेटेरेनरी औषधी व्यवसाय थालनी ग¥यो । १८ वर्षको उमेरमा व्यवसायमा हात हालेपछि उसको क्षेत्र बढ्दै गयो, उद्योग खोल्यो, उद्यमी बन्यो, व्यवसाय फे¥यो, क्षेत्र फे¥यो र अहिले पोखराको एउटा चर्चित उद्योगी, व्यवसायी बन्न सफल भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले ३४ औँ महाधिवेशन गर्दैछ । तर, यो अधिवेशनमा सर्वथा चर्चा त्यही तत्कालीन किशोरको भइरहेको छ, त्यो समयमा उसको हिम्मतको चर्चा भइरहेको छ, जसले अघिल्लो निर्वाचन स्वतन्त्रै लडेर जित्यो, उही चर्चाको शिखरमा छ ।

उद्योग वाणिज्य महासंघको केन्द्रिय विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । तर, पोखरा उद्योग बाणिज्य संघको हकमा चाहिँ त्यो व्यवस्था छैन । अध्यक्षात्मक प्रणाली नै चलिरहेको छ ।
यो प्रणालीभित्र पनि आसन्न चुनावमा चर्चा चाहिँ वरिष्ठ उपाध्यक्षकै छ । र, उनी हुन गोकर्ण कार्की ।
पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको इतिहास हेर्ने हो भने यहाँ हरेक अधिवेशनमा समूहगत प्रतिष्पर्धा हुन्छ र समूहकै उमेदवारहरुले जित्ने गरेका छन ।
तर, कार्की यसको अपवाद हुन ।

उद्योग बाणिज्य संघको वर्तमान कार्यसमिति २०७७/०७९ को निर्वाचनमा कार्कीले स्वतन्त्र उमेदवार बनेर उद्योग उपाध्यक्षमा बाजी मार्दै समूहका उमेदवारले मात्रै चुनाव जित्छन भन्ने नजीरलाई मिथ्या सावित गरिदिए । उनको चर्चा त्यसयता झनै बढ्यो । अहिले वरिष्ठ उपाध्यक्षमा पवन प्रजापती अध्यक्ष रहेको समूहबाट उनी चुनावमा होमिएका छन । तर, उनको उचाई झनै बढेको छ ।
आखिर को हुन त कार्की ? जसले पोखराको चुनावमा अपवाद जित हासिल गरे, जसलाई मतदाताले अत्याधिक मन पराए र आफ्नो उमेदवारको रुपमा विजयी गराइदिए ।

पहिलो व्यवसायमा हात हाल्दा उनी १८ वर्षीय किशोर थिए । भेटेरीनरी चलाउँथे । त्यसपछि उनले २०५३/०५४ मा पोखरा औद्योगिक क्षेत्रभित्र खनिज व्यवसायमा प्रवेश गरे । सिंह खनिज उद्योग त्यतिबेला निकै चर्चित थियो । उनको खनिजले पहाडमा रहेका खरिढुंगा ल्याएर प्रशोधन गरि उद्योग व्यवसायमा निर्यात गथ्र्यो । जापानसम्म खनिज पदार्थ निर्यात गरेको उनको स्मरण छ । पछि स्रोत अभाव भएपछि र माओवादीद्वन्द का कारण यो रोकिन पुग्यो । २०६३ सालदेखि कार्कीले नयाँ व्यवसाय गर्ने सोच गरे ।

खनिजसँगै अटोमोबाइल्स क्षेत्रमा पनि उनको संलग्नता त्यसबेला नै भएको हो । ०५१/५२ मा नै उनले यो व्यवसायमा हात हालेका थिए । ९ वर्ष गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यावसायि समितिको सदस्य हुँदै महासचिव भएर काम गरे । नेपाल यातायात व्यावसायि राष्ट्रिय महासङ्ग मा केन्द्रिय वर्गीय संयोजक भएर पनि उनले काम गरे त्यसबखत उनलाई देश भरमा रहेका हलुका मालवाहक सवारी साधन हरुको जिम्मेवारी थियो ।

०५०/५१ मा नै उनले रासन सप्लाइको काम पनि गर्थे । पोखरामा रहेका आर्मीका दुई ब्यारेक फूलबारी र विजयपुर ब्यारेकमा खाद्यान्न आपूर्तिको काम पनि गरे ।
विनित मेटल उद्योग त्यसकै उपज हो । ०६३ मा सुरु भएको हो यो उद्योग ।

यसले नै उनको व्यवसायमा राम्रो सम्बन्ध भयो । मेटलको काम छँदैथियो, साधनहरु पनि छँदै थिए । बजारको माग बुझेका उनले सिमेन्ट कंक्रिट ब्लक उद्योग खोले । ए वान ब्लक उद्योग ०६८ मा औद्योगिक क्षेत्रमा खुलेको हो । आफ्नै साधनमा उनले सप्लाइको काम पनि थाले । पछि उनले बजार को माग बढि भएपछि पोखरा १४ मा राधिका ब्लक उद्योग थपे ।
अटोमोबाइल्सको क्षेत्रमा उनले रसियन बेलारुस ट्रयाक्टरको सबडिलरको काम गरे । त्योमात्रै होइन, भारतीय इन्डोफार्म नामक ट्रयाक्टर र ट्याक्टर पार्ट्स को बिक्री पनि गरे । गण्डकी धौलागिरी क्षेत्रकै विक्रेता भएर काम गरे ।

तर, नाकाबन्दी पश्चात यसलाई निरन्तरता त दिएका छन, तर पार्टसमा मात्रै ।
वातावरणीय क्षेत्रमा पनि उनले हात हाले । २०७० सालमा हरियाली मल्टी सर्भिस प्राड्डलिड्ड । मलमूत्रबाट मल बनाउने काम गरे । पोखरा महानगरपालिकाको ठेक्का सहयोगमा हुने उक्त कामको जिम्मेवारी समय २०७८ चैतमा सकिएको छ ।
२०७६ सालबाट औद्योगिक क्षेत्रमा साझेदारीमा बाराही वेकरीमा लागे । यसमा उनका व्यावसायिक साझेदार विश्वशंककर पालिखे हुन । २०७६ चैतमा परिक्षण उत्पादन हुँदैथियो । कोरोना आयो र रोक्नुप¥यो ।

पछि २०७७ असोजबाट उत्पादन सुरु भएको छ । न्युरोड र फूलबारीमा सो बेकरी उद्योग को आउटलेट छ ।
व्यवसायलाई पुस्तान्तरण पनि गर्नुपर्छ भन्ने चेत बोकेका कार्कीले अहिले मेटलको काम चाहिँ छोरा राजाराम कार्की लाई जिम्मेवारी सुम्पेका छन ।
बाराही वेकरी चाहिँ सुनयना पालिखेले हेरेकी छन ।
पैतृक सम्पत्ति भएको जग्गा पोखरा १४ मा अहिले साझेदारीमा हाउजिङ बनाएका छन । द अन्नपूर्ण भिजेल हाउजिङमा प्राड्ड लिड्ड जसमा २४ घर तयारी अवस्थामा छन । त्यहाँ करिब ३०० घर बनाउने लक्ष्य छ । उक्त घर हरुको अहिले बुकिङ चलिरहेको छ ।

…………………..

पोखरा उद्योग बाणिज्य संघ मा २०५३/ २०५४ मा नै हो उनी साधारण सदस्य बनेको । ३/४ वटा अधिवेशनमा उनी मतदाता मात्रै रहे । तर मेला महोत्वसमा कुनै न कुनै जिम्मेवारी चाहिँ कार्कीलाई नै आइपथ्र्यो । त्यहाँ उनले इमानदारी पुर्वक काम गरिरहे ।
२०७३ मा विधान संशोधन गरि साधारण सदस्य सिधै पदाधिकारीमा जान पाइने व्यवस्था भएपछि उद्योग उपाध्यक्षको उमेदवार बने र जितेपनि ।
२०७३/०७५ मा उद्योग उपाध्यक्ष रहेका कार्कीले ०७५÷७७ को अधिवेशनमा चाहिँ उमेदवारी दिएनन । उनले अर्का साथीलाई सहृदयताका साथ छाडिदिए ।

उनी उमेदवार त भएनन, तर, जो मतदाता थिए, उनीहरुले निकै करबल, जोड गरे । तपाई आइदिनुप¥यो भनेर अनुरोध नै गरे । सल्लाह दिए, सुझाव दिए ।
त्यसपछिको ३३ औँ महाधिवेशनमा २०७७÷०७९ को लागि उनले उद्योग उपाध्यक्ष मा नै उमेदवारी दिए । त्यतिबेलाको निर्वाचनलाई सम्झिँदा दुइवटा समूह चुनावमा भिडेका थिए । तर, कार्की कुनै समूहमा थिएनन, तर, उनले चुनाव जिते । अहिलेका वर्तमान उद्योग उपाध्यक्ष रहेका कार्कीले समूहबिनै चुनाव जितेपछि उद्योग वाणिज्य संघमा उनको लोकप्रियता चुलिएको छ । मतदातामाझ भिजेकै कारण आफूले चुनाव जितेको उनी बताउँछन ।

करिब २५/२६ वर्ष देखि उद्योग वाणिज्य संघको निरन्तरता, लगाव सक्रियता र अनुभवका आधारमा कार्कीले अहिले वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका छन ।
उनी भन्छन, “नेतृत्व तहमा उक्लिनुपर्छ भन्ने मनसाय र सबै अग्रज अनुजको आग्रह, साथ,सहयोग, समन्वय र सहकार्यले गर्दा पनि मैले उमेदवारी दिएको हुँ । जित्छु भनेर नै लागेको छु ।”
……………….

उद्योग वाणिज्य संघको इतिहास बुझेर नेतृत्वमा होमिएका कार्की

मैले त्यहाँ सिकेका अनुभव, जानेका कुरा मात्र नभई पोखरा उद्योग वाणिज्य संघको इतिहास पनि मलाई थाहा छ ।
तत्कालील साँघुमुखलाई महेन्द्रपुल बनाउनेदेखि लिएर, दीपेन्द्र सभागृह निर्माण हुँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अब बन्नुपर्छ भनेर संघको नेतृत्वमा अनसन पनि बस्यो । त्यो समूहमा कार्की पनि थिए ।

पोखराको बालमन्दिर, कन्या क्याम्पस हुँदै पृथ्वीनारायण क्याम्पस देखि पोखरा विश्वविद्यालय स्थापना सम्म उद्योग वाणिज्य संघले नेतृत्व दायि भूमिका खेल्यो । सो इतिहास बुझेका छन उनी ।
पर्यटनको क्षेत्रको कुरा गर्दा पोखरा पर्यटन परिषदको संस्थापक सदस्य भएर स्थापना देखि नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य पनि पोखरा उद्योग वाणिज्य संघ नै हो ।
उनले उद्योग वाणिज्य संघको यो गौरवमय इतिहासमाथि गर्व गर्छन ।

पोखराका फुटपाथमा भेटिने अवैध फुटपाथ व्यवसायको व्यवस्थापन, सफा पोखरा उज्यालो पोखरा बनाउने कामका लागि मित्र राष्ट्र चीन को तिब्बत सरकार बाट सोलारबत्ती ल्याउने काममा पनि उद्योग वाणिज्य संघले पहल नै ग¥यो ।
वस्तुगत संघसंस्थाको समन्वय गर्नेदेखि लिएर जर्मनीको एच डब्लू के माइन्ज संस्थासँग सहकार्य गरि सचिवालय ब्यबस्थित गराउने देखि बालश्रम मुक्त सहर बनाउन पनि संघको भूमिका उल्लेख रहेको उनी बताउँछन ।

लामो इतिहास भएको संस्थामा जानु भनेकै हाम्रो लागि पनि गौरवको कुरा हो ।
तीन तहको सरकारबिच हामीले पुलको काम गर्नुपर्ने छ । समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने छ । फुटपाथका व्यापार, साना उद्योग, फुट पाथ व्यवसायहरु, व्यापारीहरु दर्ता नगरि सञ्चालन भएका हुँदा यसको व्यवस्थापनमा चुनौती छ । उहाँहरुलाई पनि करको दायरामा ल्याउन स्थानीय तहसँग समन्व्य गर्नुपर्ने छ ।

अर्कातर्फ व्यवसायमैत्री वातावरण बनाई सहज तरिकाले कर लिने व्यवस्था गर्नुपर्ने अवस्था छ । व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने पनि अर्को चुनौती छ । प्रदेश तथा संघ सरकारले बनाउने नीतिको बारेमा हामीले हाम्रो केन्द्रिय महासंघमार्फत लबिङ गर्नुपर्ने अवस्था छ ।

बैकिङ क्षेत्रमा उस्तै समस्या छ । जमानत राखेर ऋण लिनासाथ बैंकले फेरि ब्याज बढाउने गर्दा उद्योगी व्यवसायी मारमा परेको अवस्था छ । बैंकलाई पनि मार नपर्ने गरि दरिलो नीति बनाउन आवश्यक छ ।
पोखराको हकमा पर्यटनलाई नै अगाडि बढाउने हो । कृषिमा पनि लगानीको उत्तिकै आवश्यक छ । पहिलो कुरा कृषि क्षेत्रमा पनि जोड दिनुपर्ने आवश्यकता देखिन्छ । खेतबारी बाँझै छन ।

उदाहरण नै लिँदा पनि एउटा परिवारलाई कपासको बिउ दिउँ । उसको खेतीबाट उत्पादित कपास बाट अर्को परिवारले धागो कारखाना चलाउँन सक्छ । त्यस्तै अर्कोले उक्त धागो बाट कपडा उद्योग चलाउँछ अनि अर्को परिवारले कपडा को ब्यापार चलाउछ । यसरी चेन तरिकाले चलाएको खण्डमा आफू त आत्मनिर्भर भइन्छ नै उद्योग पनि चल्छ । रोजगार ब्रीदी पनि हुन्छ !

हामीले विदेशबाट सामान ल्याउने अनि १०० को सामान ल्याएर २० रुपैयाँ नाफा खाएतापनि शुरु को १०० रुपैयाँ त बाहिरियो नि । यसरी हामी निर्वाह त हुन्छौँ, तर समृद्ध हुँदैनौ । यसलाई नीतिगत व्यवस्था नै आवश्यक छ पोखरालाई पर्यटकीय सहर, राजधानी भन्छौँ । तर, अपार प्रकृतिक सम्पदा को संरक्षण कसैगरी गर्नु सकेका छैनौँ । भइरहेका संरचनाको संरक्षण गरिदिए मात्रै पुग्छ । बाहिरबाट आउने पर्यटकले पोखरा आसपासकै क्षेत्रको उत्पादन उपभोग गरोस, यसले गर्दा कृषकले पनि राहत पाउँछन । पर्यटन पनि चल्छ ।

पोखराको सौन्दर्य संरक्षण गरेर व्यवस्थित अन्तर्राष्ट्रिय सहर बनाउने आवश्यकता छ, चुनौती छ । यसको नेतृत्वदायी भूमिका भने उद्योग वाणिज्य संघले नै गर्नुपर्छ । पर्यटनसम्बद्ध संस्था पनि छन, उनीहरुसहित वस्तुगत संस्थाको सहयोगमा यो कार्य गर्न सकिन्छ ।

जसरी विमानस्थल बनाउन अनसन बसियो, अहिले चल्ने मिति पनि घोषणा भइसकेको छ । चल्न त चल्ने तर आन्तरिक विमानस्थलको रुपमा मात्रै चल्ने हो भने हामी डुब्यौँ । यत्रो लगानी भएको छ ।
यसलाई क्षेत्रीय अन्तर्राष्ट्रिय भनेको छ, सोही रुपमा चल्नको लागि विदेशी राष्ट्रका अन्तर्राष्ट्रिय उडानका लागि दह्रो लबिङको आवश्यकता छ । हाम्रो विमानस्थललाई चल्न नदिन चलखेल पनि सुरु भएको छ । उदाहरणको रुपमा धावनमार्गलाई नै हेरौँ । तत्कालीन अवस्थामा धावनमार्ग ३ हजार मिटर बनाउने भनिएको थियो, जग्गा अधिग्रहरण प्रक्रिया पनि सुरु भएको थियो । पोखराकै पर्यटनमन्त्री हुनुहुन्थ्यो । तर, दुर्घटनामा उहाँको निधन भएपछि त्यो निकालिएको सूचना पनि रोकियो । त्यसपछि धावनमार्गको काम रोकियो ।

पोखरा भन्दा बाहिरी चलखेलकै कारण यो भएको हो । पोखरालाई क्षेत्रीय विमानस्थलकै रुपमा राख्न भनेर पोखराबाहिर चलखेल सुरु भएको छ । यसलाई चिर्नको लागि नेतृत्वदायी भूमिका हाम्रो जस्तो पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने आवश्यकता छ ।
म हालको उपाध्यक्ष अहिल वरिष्ठ उपाध्यक्षको उमेदवार छु । मेरोतर्फबाट मैले संस्थामा प्रस्ताव लैजाने कुरा होस वा संस्थाको प्रतिनिधी गर्ने कुरा होस, म सदा तत्पर र आफूलाई प्रमाणित गर्न कुनै कसर छाड्ने छैन ।

म उद्यमी नै हो । हाम्रो आवश्यकता औद्योगिक क्षेत्रको खाँचो हो । आजभन्दा ५० वर्ष अगाडि अमेरिकी सरकारको अनुदान सहयोगमा स्थापना भएका १० वटा औद्योगिक क्षेत्रमात्रै चलेका छन । पाँच दशकदेखि नयाँ औद्योगिक क्षेत्र खुलेका छैनन ।
रोजगार प्रवद्र्धन, र आयात प्रतिस्थापनको लागि उद्योग नै महत्वपूर्ण कडी हो ।

पोखरा महँगो सहर भनेर चिनिन्छ । यहाँ जग्गा खरिद गरेर उद्योग सञ्चालन गर्न ठुलो महाभारत नै छ । त्यसको लागि राज्यले कम्तीमा जग्गामात्रै उपलब्ध गराइदियो भने अन्य उद्योग गर्न सहज हुन्छ ।
म उद्योग क्षेत्रको उपाध्यक्ष भएको हुनाले पनि औद्योगिक क्षेत्रको लागि बोल्नुपर्ने भन्नुपर्ने ठाउँमा भनिरहेको छु । अहिले पोखराको ३३ नं वडा र तनहुँको शुक्लागण्डकी नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर अध्ययन भइरहेको छ । त्यसमा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट मैले नै प्रतिनिधित्व गरिरहेको छु । त्यो पनि अगाडि बढिरहेकोे छ ।

वनको स्विकृती र जग्गा प्राप्तिको लागि केन्द्रिय सरकारको अनुमतिको आवश्यकता छ ।
औद्योगिक क्षेत्र स्थापना भयो भने एकातर्फ उद्यमशीलता विकास औद्योगिक उत्पादनमा टेवा पुग्छ भने व्यवस्थित सहर पनि बन्छ ।
अहिले उद्यमको रुपमा घरघरै उद्योग चलेका छन । त्यसलाई व्यवस्थित गर्न सकिन्छ । यो लबिङ गर्ने भनेकै पोखरा उवासंघले हो ।

पोखरा अन्तर्राष्ट्रिय सहर बनाउने भन्दै गर्दा हामीले अटो व्यवसायलाई पनि व्यवस्थित गर्नुपर्ने छ । बजारको छेउछाउमा चल्ने वर्कसप, ग्यारेजहरुको कालो मोबिल देखिनु हुँदैन । अन्तर्राष्ट्रिय विमानस्थलको ढोकामा नै अहिले धेरै अटो व्यवसाय छन । उहाँहरुलाई राज्यले जग्गा उपलब्ध गराएर एकैठाउँमा व्यवस्थित गर्ने, अटोभिलेजको अवधारणा ल्याउनुपर्ने आवश्यकता छ ।
यी कुरा उवासंघले मात्र गर्न सक्दैन । तर, ध्यानाकर्षण गराउने, आवाज उठाउने, सम्बन्धित ठाउँमा जाने सरकारलाई झकझक्याउने र चलायमान चाहिँ गराउनुपर्छ । त्यसका लागि म सदा तयार छु ।
म उद्योग वाणिज्य संघमा झन्डै ३० वर्ष देखि छु, त्यहाँका आवश्यकता र सिकेका कुराहरुलाई लागु गर्ने प्रयास गर्नेछु ।

उद्योग वाणिज्य संघ सचिवालयलाई प्रविधियुक्त बनाउनुपर्ने आवश्यक छ ।
हामीले बहुतले भवन बनाउने, पार्किङ सहित व्यावसायिक प्रयोजनका लागि भाडामा पनि लगाउन सकिन्छ ।

सामाजिक क्षेत्रमा पनि उनको संलग्नता दशकौँदेखिको छ । लायन्स क्लव अफ पोखरा फिस्टेलमा उनी सदस्यदेखि लिएर सबै पदमा काम गरिसके । त्यसपछि उनी एरिया, रिजन हुँदै डिष्टिकसम्मको पदमा पुगेर काम गरेको अनुभव छ । स्थानीय विद्यालय, मन्दिर, शिवालय देखि सरोकार समिति, सहकारी, टोल विकास समन्वय समितिमा उनी क्रियाशील छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->