आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

धौलागिरी संगीत उत्सव काठमाडौंमा, अध्यक्ष तिमिल्सिनाले गरे उद्घाटन

धौलागिरी संगीत उत्सव काठमाडौंमा, अध्यक्ष तिमिल्सिनाले गरे उद्घाटन


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७९, शनिबार

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कलाकार राष्ट्रको गहना भएकाले उनीहरुको सम्मान गर्नुपर्ने वताएका छन् ।

धौलागिरी सांस्कृतिक समितिले शनिवार काठमाडौंमा आयोजना गरेको धौलागिरी संगीत उत्सव तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कला र संस्कृतिले राष्ट्रको पहिचान बनाउने र त्यसको उत्थान र संरक्षण गर्ने कलाकार भएकोले सवैले सम्मान गर्नुपर्ने वताए ।

धौलागिरीक्षेत्र कला र संस्कृतिको मुख्यथलो भएको वताउदै उनले कलाकारमा आफुमा जतिसुकै पिडा भएपनि दर्शकलाई क्षणभरमा रुवाउने र क्षणभरमा हसाँउने अदभूत कला हुने वताए । ‘कलाकर्मीको सम्मान र संरक्षण राज्यले गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘कोभिड लगायतका समस्याले कलाकारको जीवन यापनमा पनि समस्या आएको छ, यसमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

धौलागिरी समाजका अध्यक्ष केदारनाथ गौतमले सांस्कृतिक समिति समाजको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै यसको क्रियाशिलता र कार्यक्रमले समाजलाई गती दिएको वताए ।

सांस्कृतिक समितिका अध्यक्ष कृष्ण समीप सुवेदीले समग्र धौलागिरी क्षेत्रको गीत, संगीत र कलाकारको पहिचानलाई माथि उठाउन धौलागिरी संगीत उत्सव आयोजना गरेको जानकारी दिए ।

यो संगीत उत्सवमा अग्रज स्रष्टाहरुलाई सम्मान गर्नुका साथै धौलागिरीका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङमा प्रशिद्ध लोकभाका, दोहोरी, यानीमाया, मगर, थकाली संस्कृति लगायतलाई उजागर गर्दै सवै कलाकारहरुलाई एउटै मञ्चमा उतारिएको वताए ।

संगित उत्सवको मेसोमा देवी घर्ति, ईश्वर सिंङ, बिमलराज क्षेत्री, विष्णु खत्री, प्रकाश सपुत, विवि अनुरागी लगायतका दर्जनौ कलाकारका प्रस्तुती र यानीमाया, थकाली, भजन लगायतका नाँचहरु प्रस्तुत गरिएको छ । कार्यक्रमको सञ्चालन कलाकार राजेश बर्देवा र सपना रोकाले गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->