बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पल्सर १२५ एनएस बजारमा

पल्सर १२५ एनएस बजारमा


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७९, बुधबार

पोखरा / पछिल्लो समय युवामाझ लोकप्रिय बजाज ब्राण्डको पल्सर एनएसको नयाँ सिरिज बजारमा आएको छ ।

२०० सिसिको एनएस बजारमा रहेपनि नयाँ मोडल सहित एनएस १२५ बजारमा आएको हो । आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाजले विगत दुइ दशक देखि सेवा दिदै आएको छ ।

पोखराको आधिकारीक विक्रेता इच्छाशक्ति अटोमोबाइल्स प्रा.लि.ले बुधबार एक समारोहका बीचमा पल्सर १२५ एनएस सार्वजानिक गरेको छ ।

प्रा.लि.का सेल्स म्यानेजर प्रविन अर्यालले मोटरसाइकलको फिचर बारे जानकारी दिदै नेपाली ग्राहकमाझ १२५ एनएसले छुट्टै स्थान बनाउने जानकारी दिए ।

उनले १२५ सिसिको एनएस पृथक डिजाइन, उत्कृष्ट परर्फमेन्स एवम् आरामदायीका साथै विभिन्न विशेषताहरुले सु–सुज्जित रहेको बताए ।

एनएन १२५ मा डिटिएस आइ इन्जिन, एक्जास टेक,लामो ह्विल वेस, डिजिटल डिस्प्ल, डिसी लाइट, डिसी इग्नीसिसन सिस्टम, वाइड टायर, एन्टीस्किड ब्रेकिङ सिस्टम तथा साइडस्ट्याण्ड सेनसर रहेको छ ।

कम्पनीले सिमित समयका लागि उक्त मोटरसाइकल २ लाख ७९ हजार ९ सय रुपैयाँ मुल्य कायम गरेको छ । एनएस १२५ लन्च कार्यक्रमको अवसरमा पोखरा उद्योग वाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाइ समेत बधाइ ज्ञापन गरेको छ ।

नव निर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिले राज्यले नेपालमा पछिल्लो समय सवारी साधन ल्याउन रोक्नु गलत रहेको बताए ।

नेपालमा सवारीको प्रयोगकर्ता बढेसँगै पार्किङको समस्या समेत रहेको र त्यसको व्यवस्थापनका लागि राज्य र व्यवसायी सबैको सहयोगको खाँचो रहेको बताए ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष मोहन बहादुर खड्काले इच्छाशक्ति अटोमोबाइल्स सेल्स सर्भिस पाट्र्समा निकै राम्रो रहेको बताए ।

उनले बजाजका मोटरसाइकल तथा अन्य सवारीका लागि बजारमा सहजै प्रयोगकर्ताले मर्मत गर्न सक्ने यसको खासियत रहेको बताए ।

यस्तै प्रा.लि.का अध्यक्ष इच्छामान बुद्धाचार्यले २४ वर्षदेखि निरन्तर ग्राहकको सेवामा समर्पित हुँदै आएको बताए । उनले बजाजले नयाँ किसिमको एनएस बजारमा ल्याएको र त्यसको लोकप्रियता बढ्नेमा आफु आशावादी रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->