बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मार्गदर्शन सहकारीको सातौं साधारण सभा

मार्गदर्शन सहकारीको सातौं साधारण सभा


  • महेन्द्र ढुंगाना
  • भाद्र ३० २०७९, बिहिबार

पोखरा/ पोखरा २६ मा रहेको मार्गदर्शन कृषि सहकारीले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको प्रमुख अतिथि एवं जिल्ला सहकारी कास्कीका उपाध्यक्ष छवि लामिछानेले उद्घाटन गरे । उनले अहिलेको विषम परिस्थितिमा सहकारीले आफ्नो कारोबारलाई बलियो बनाउँदै लैजानुपर्ने कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

विशिष्ठ अतिथि २६ का जनप्रतिनिधि सुदीपराज ढुंगानाले सहकारीले आफ्ना कारोबारलाई परिष्कृत गर्नुपर्ने औंल्याए । सहकारीका अध्यक्ष नारायण बजगांईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रिय सहकारीका अध्यक्ष रविमोहन अधिकारी , खाष्टे मत्य कृषि सहकारीका अध्यक्ष हरिप्रसाद अधिकारी, शान्ति कृषि सहकारीका अध्यक्ष मिना श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका पराजुली, सहकारीकी उपाध्यक्ष इन्दु अर्याललगायतले बोलेका थिए ।

सो अवसरमा वर्षभरि उत्कृष्ट कारोबार गर्ने ४ जना सेयर सदस्यहरुलाई सम्मानित गरिएको थियो । सहकारीमा हाल जम्मा ४६१ सदस्य रहेको र शेयर पूँजी दुई करोड २४ लाख २१ हजार रहेको कोषाध्यक्ष विष्णुहरि तिवारीले बताए । कार्यक्रम को सन्चालन सचिव बालकृष्ण त्रिपाठीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->