बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विलासिताको स्वाद भित्र्याउँदै मुस्ताङको ‘होटल शिन्तामणि’

विलासिताको स्वाद भित्र्याउँदै मुस्ताङको ‘होटल शिन्तामणि’


  • निकोल ट्रिलिवास
  • असोज २ २०७९, आइतबार

पोखरा – टाढा तिब्बती पठारमा अवस्थित नेपालको प्राचीन निषेधित अधिराज्यमा २९ सुइटको शिन्तामणि मुस्ताङले विलासिताको नयाँ स्तर ल्याउँदै छ। सगरमाथाको घर र गनेरै नसकिने गगनचुम्बी धेरै हिमाली चुचुराहरु मात्र होइन, नेपाल लामो समययता एउटा मिथक, जादुयी भूमिको पर्यायसँगै कठिनतम यात्रा र आँखै तिरमिराउने प्राकृतिक छठाहरुको लागि प्रसिद्ध छ। तर अहिले त्यहाँ एउटा घुम्नैपर्ने विलासिताको नयाँ कारण पनि छ। काठमाडौंको शेर्पा हस्पिटालिटी ग्रुपसँगको साझेदारीमा सन् २०२३ को मार्च १ देखि खुल्नलागेको नयाँ विलासी लज ‘शिन्तामणि मुस्ताङ–अ बेन्स्ले कलेक्सन’ले देशमा असाधारण विलासिता ल्याउनेछ।

निलगिरि हिमालको फेदमा रहेको उत्तरी नेपाली जिल्ला मुस्ताङमा यो पहिलो विलासिता चाख्न पाइनेछ। मुस्ताङलाई तिब्बती पठार र विश्वकै केही अग्ला चुचुराको छायाले सीमा बनाएको छ। ती चुचुराहरुमा विश्वकै छैठौँ ठूलो धौलागिरि हिमाल र आठौँ अग्लो अन्नपूर्ण हिमाल पर्छन्।

यो क्षेत्र बौद्ध धर्मावलम्बीको धार्मिक गन्तव्य पनि हो। जहाँको दृश्यावली लोभलाग्दो छ। साथसाथै यो ट्रेकिङ, घोडचढी, रक क्लाइम्बिङ, साइक्लिङजस्ता धेरै चाखलाग्दा यात्राका लागि प्रसिद्ध छ।

जता फर्किए पनि बाहिरी दृश्य आँखै अगाडि आउने होटलको नाटकीय डिजाइनमा कुनै कुराको कमी हुनेछैन। जहाँ आगाको तातोसँगै रोबर्ट पवेलका कलाकृति पढ्न पाइनेछ भने नेपाली आर्किटेक्चरका विविध कुराहरु कैद गर्न मिल्नेछ।

चर्चित डिजाइनर बिल बेन्स्लेको शिन्तामणि होटल कलेक्सनको सहस्वामित्वसँगै यो ग्रुपको क्याम्बोडियाबाहिरको पहिलो सम्पत्ति हुनेछ।

यसका सुइटहरुबाट भुइँदेखि माथिसम्म पर्वतीय दृश्य हेर्न मिल्नेछन्। यो आफैँमा ६०–कभर रेष्टुराँ र बार हो। यहाँ मिश्रित प्रयोजनका कोठा हुनेछन्।

होटलमा न्यानोका लागि हट प्लंग पुल, स्टिम रुम, साउना र ११औँ पुस्ताको परम्परागत तिब्बती उपचारविधिको जडीबुटी औषधिको व्यवस्था हुनेछ।

‘यो सायद हाम्रो अहिलेसम्मकै असाध्यै चाखलाग्दो परियोजनामध्ये एक हो’, प्रेस वक्तव्यमार्फत बिल बेन्स्लेले भनेका छन्, ‘मैले कहिल्यै मुस्ताङी उपत्यका र पर्वतहरुको जस्तो नाटकीय दृश्यलहर देखेको छैन। र शिन्तामणि यो निषेधित राज्यमा अन्तर्राष्ट्रिय रोमाञ्चक यात्रा भित्र्याउने पहिलो हुनसक्छ।’

त्यसो त सबैजसो शिन्तामणिका सम्पत्तिहरुमा वरपरका समुदायलाई फिर्ता दिने बलियो म्यान्डेट छ। यहाँ, अन्य सामुदायिक सहयोगस्वरुप शिक्षा र सीपमूलक तालिम प्रदान गर्न यो सम्पत्तिमा गैरनाफामूलक संस्था पासाङ ल्हामु फाउन्डेसनले सँगसँगै काम गरिरहेको छ।

शिन्तामणि मुस्ताङको सेवा लिएबापत अ बेन्स्ले कलेक्सनले सबै गरी न्यूनतम पाँच रात बस्ने प्रतिजोडीको लागि १ हजार ७ सय अमेरिकी डलर सुरुवाती शुल्क राखेको छ।  (फोर्ब्सबाट भावानुदित) 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->