बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

म्याक्सी म्याक्सको शाखा पोखरामा

म्याक्सी म्याक्सको शाखा पोखरामा


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७९, सोमबार

पोखरा/ अष्ट्रेलियामा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ ।

नेपाली संगीतमा ख्याति कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक विवेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । शाखाको नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठसहित विवेकका पितामाता विष्णुकुमार श्रेष्ठ र आमा राजेश्वरी श्रेष्ठबाट उद्घाटन गरियो ।नेपालमा चितवनको पर्सा तथा काठमाडौंको कुमारीपाटीमा यसको शाखा रहेका छन् । यसबाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले बताए । म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->