आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मिस मुस्ताङ-२०७९ बनिन् मार्फाकी खुस्बु ज्वाहारचन

मिस मुस्ताङ-२०७९ बनिन् मार्फाकी खुस्बु ज्वाहारचन


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

मुस्ताङ, ८ असोज – मिस मुस्ताङ २०७९ को उपाधि घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्बु ज्वाहारचनले जितेकी छिन् । थाक खेलकुद तथा च्याम्पियनसिप रनिङशिल्ड प्रतियोगिता २०७९ अन्तर्गत भएको मिस मुस्ताङ विधामा ज्वाहारचनले सो उपाधि प्राप्त गरेकी हुन् ।

शनिबार सम्पन्न मिस मुस्ताङ ग्रायण्ड फेनालेमा निर्णायक कञ्चन भुजेल र मिस मुस्ताङ २०१९ की विजेता मेलिना थकालीले मार्फाकी ज्वाहारचनलाई मिस मुस्ताङ घोषित गरेका हुन्।

मिस मुस्ताङको पहिलो राउण्डबाट ८ प्रतिस्पर्धीमध्ये उत्कृष्ट ५ छनौट गरिएको थियो। जसमा लेते, घाँसा, जोमसोम, टुकुचे र मार्फा फाइनलमा पुगेका थिए।

यसअघि मिस मुस्ताङको पहिलो राउण्डमा ८ प्रतियोगीलाई स्टेज वाक गर्न लगाइएको थियो। त्यसपछि प्रतियोगीहरुलाई गोलाप्रथाबाट विभिन्न फरक फरक प्रश्नको मौखिम उत्तर दिन लगाईइएको थियो।

प्रतियोगिताको दोश्रो राउण्डमा मिस मुस्ताङका सहभागीहरुलाई सौन्दर्य प्रतियोगितामा हुने नकारात्मक टिप्पणीहरुलाई तपाईंले कुन रुपमा ब्याख्या गर्नुहुन्छ भनी लिखित रुपमा सामुहिक प्रश्नको उत्तर पेश गर्न भनिएको थियो।

मिस मुस्ताङ–२०१९ की विजेता खुस्वु ज्वाहारचनले सौन्दर्य प्रतियोगितालाई समाजले सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने तर्क पेश गरेकी थिइन्। उनले सौन्दर्य प्रतियोगिताले नारीहरुको पहिचान स्थापित हुने र यसले नारीको आत्मबल, अवसर र स्वावलम्बी बन्न टेवा पुग्ने बताएकी थिइन्।

ताक्लुङ आधारभुत विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिताको समारोहमा खुस्बु ज्वाहारचनलाई पूर्व मिस मुस्ताङ मेलिना थकालीले क्राउन लगाइदिएकी थिइन्। फस्ट र सेकेन्ड रनरअफलाई निर्णायक कञ्चन भुजेलले फस्ट र सेकेन्डको क्राउन लगाइदिएका थिए।

२०७९ का विजेता ज्वाहारचनसहित फस्ट र सेकेन्ड रनरअफलाई संस्थाका अध्यक्ष चन्द्रमोहन गौचनले पुष्पगुच्छा प्रदान गरी बधाइ दिएका थिए।

योसँगै घोषित मिस मुस्ताङलाई विभिन्न अवसरहरुको मार्ग प्रसस्त गर्न संस्थाले निरन्तर पहल गर्ने अध्यक्ष गौचनले बताए।

२०२७ सालदेखि स्थापना भएको गौरवमय थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता समग्र मुस्ताङकै महत्वपूर्ण खेलकुद प्रतियोगिता हो। खेलकुदकै माध्यमबाट खेल क्षेत्रको विकास र प्रर्वद्धन, कलासंस्कृति र सांस्कृतिक धरोहरणलाई संरक्षण गर्ने उद्देश्यले थाक खेलकुद तथा सास्कृतिक विकास संघले यस प्रकारको कार्यक्रम गर्दै आइरहेको छ।

मिस मुस्ताङ प्रतियोगिताको माध्यमबाट यहाँका महिलाहरुको समुत्थान र विकास गर्दै मुस्ताङको पहिचानलाई उचाइमा लैजान यो प्रतियोगिताले महत्वपूर्ण योगदान गर्दै आएको छ।

मुस्ताङको जोमसोमदेखि घाँसासम्मका दुई स्थानीय तहका कुल ८ वटा क्लवका प्रतिस्पर्धीबीच भएको मिस मुस्ताङ प्रतियोगिता–२०७९ को फस्ट रनरअप जनहित क्लव जोमसोमकी सपना राई भएकी छिन् भने सेकेन्ड रनरअफ सिक्स सोल्टिज क्लव घाँसाकी निशा मगर भइन्। घाँसाकी मगरले मिस ट्यालेन्टको उपाधि समेत जितेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->