बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

काठमाडौं, ८ असोज – नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार सम्पन्न २५औ साधारणसभाले प्रभु बैंकका सिइओ शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

संघका नवनिर्वाचित अध्यक्ष शेरचनले विगतमा ठूलो संख्यामा नेपाली विद्यार्थीले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा अध्ययन गरेका कारण नागरिक स्तरमै सम्बन्ध विस्तार भइसकेको स्मरण गर्दै नेपाल रसिया चेम्बरका माध्यमले यसलाई नयाँ आयाम दिन आफूहरु लागि पर्ने बताए ।

संघको निवर्तमान अध्यक्षमा नरेशलाल श्रेष्ठ तथा मानार्थ सदस्यमा राजेशकाजी श्रेष्ठ रहेका छन् । कमर्सको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भएका छन् ।

महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ तथा सचिवमा अनुराग गोयल र अविनाश सिलवाल चयन भएको संघले जनाएको छ ।

संघको कार्यकारिणी समिति सदस्यमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दीपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ, गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे छन् ।
नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापित भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->