बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सहकारीको नाममा ‘धन्दा’ चलेको छ : अर्थमन्त्री बराल

सहकारीको नाममा ‘धन्दा’ चलेको छ : अर्थमन्त्री बराल


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले नेपालमा उत्पादन कम भएकाले सहकारीहरुले उत्पादनलाई जोड दिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय पूँजी विकासका लागि आयातलाई घटाउँदै स्वदेशमा उत्पादनको मात्रा बढाउन आग्रह पनि गरे । मन्त्री बराल आइतबार सनसाइन बचत तथा ऋण सहकारी संस्था २३ औं वर्ष प्रवेशको अवसरमा आयोजित वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै थिए । बजारमा मुठ्ठीभरका उद्योगपतिहरुको एकाधिकार चल्दैगर्दा गुणस्तरहीन वस्तु उत्पादन हुने र आम नागरिकले समस्या खेपिरहने अवस्थाबाट सहकारीले मुक्ति दिनुपर्ने उनको भनाइ थियो ।

सहकारी नाफा कमाउने नभएइ सेवा दिने र साना उद्यमीहरुलाई उद्यमशील बनाउनका लागि भएको पनि उनले बताए । पछिल्लो समय सहकारीहरु मर्म अनुरुप जान नसकेको सिद्धान्तभन्दा बाहिर पुगेको जिकिर पनि गरे । सनसाइनलाई उनले प्रदेशलाई आत्मनिर्भर बनाउने बाटोमा हिँड्न आग्रह गरे ।

‘सहकारीका सात सिद्धान्तलाई अहिलेका सहकारीले बिर्सेका छन् ।सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत उत्पादनसँग जोड्नुपर्छ । हाम्रो उत्पादन निकै खस्किएको छ त्यसैले गण्डकी प्रदेश सरकारले आम्दानीको ३० प्रतिशत उत्पादनमा लगानी गर्न अनुरोध गरेको छ’, उनले भने,‘अहिले सहकारीको नाममा धन्दा चलिरहेको छ । साइनबोर्डमा एउटा काम भने अर्कै । अब बस्तु आयातलाइ कमजोर बनाइ निर्यातलाई बढ्वा दिन् आवश्यक छ ।’

गण्डकी प्रदेशका सांसद राजीव पहारीले राज्यले सहकारीको वर्गीकरण गरिदिनुपर्ने बताए । उनले सबै सहकारी एकैनासको नभएको र सनसाइनजस्ता उत्कृष्ट सहकारीसमेत वर्गीकरण नहुँदा ओझेलमा परेको बताए ।

संचालक समितिका अध्यक्ष अग्निप्रसाद कडेँलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शीता रहेको बताए । उनले आर्थिक पारदर्शीताले मात्रै संस्थाको भविष्य उज्ज्वल हुने बताउँदै सेवाग्राहीका लागि थप सेवा र सुविधा दिने तयारी रहेको सुनाए । ४३ जनाबाट सुरु भएको सहकारीमा २३ औं वर्षसम्म आइपुग्दा १ हजार ६८२ सदस्य पुगेको उनले जानकारी दिए । उनका अनुसार सहकारीले हाल ४० करोड ७३ लाख रुपैयाँ पूँजी परिचालनगर्दै ‘समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी’ अभियान चलाएको छ ।

सहकारीका सचिव नवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै गएको आर्थिक वर्षमा संस्थाले १ करोड ६१ लाख ३८ हजार २३१ रुपैयाँ नाफा कमाएको जानकारी गराए । कार्यक्रममा नेफस्कुन पोखरा फिल्ड प्रमुख यमकला पौडेल, संस्थाका संरक्षक गजकुमारी गुरुङ, सेयर सदस्य विष्णुकुमारी गुरुङ, गौरीशंकर सहकारीका गुरुनाथ पौडेललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

विभिन्न विधामा सम्मान

वार्षिकोत्सवको अवसरमा संस्थाले बजार प्रतिनिधि पार्वती ज्ञवालीलाई उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरेको छ । यस्तै संस्थामा कारोबार गर्नेमध्येबाट १६ जनालाइ उत्कृष्ट असल कारोबारबाट सम्मान गरिएको छ । सेयर सदस्य रहेका परिवारका छोराछोरीहरुबाट एसइई, दशजोड दुई र त्योभन्दा माथि अध्ययन गर्दै उत्कष्ट अंक ल्याउने १३ जना पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->