बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जल्धारे सहकारीको सेयर पूँजी झण्डै पाँच करोड

जल्धारे सहकारीको सेयर पूँजी झण्डै पाँच करोड


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

पोखरा/ पोखरां २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी सस्था १४ औं वर्षसम्म आइपुग्दा झण्डै पाँच करोडको सेयर पूँजी पुगेको छ ।
सहकारीको क्षेत्रमा उल्लेख्य काम गरेको संस्थाले चालु आर्थिक वर्षसम्ममा एक हजार ५२ सेयर सदस्यहरुमार्फत् चार करोड ७९ लाख ४७ हजार सेयर पूँजी बनाउन सफल भएको हो ।

सहकारीको १४ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशनको सोमबार उद्घाटन गर्दै पोखरा २६ का वडाध्यक्ष नरेन थापाले स्थानीयस्तरको विकास निर्माणमा सामाजिक संघ–संस्थाको सहकार्यमा अगाडी वढ्ने धारणा राख्दै वडाभित्र रहेका सहकारीहरुले सामूहिक रुपमा उत्पादनशील क्षेत्रमा लगानीका योजना बनाउनुपर्ने सुझाव राखेका थिए । सोही अवसरमा राष्ट्रिय सहकारी बैक तालचोक साखाका शाखा प्रमुख सन्तोष घिमिरेले सहकारीले लगानी गर्दा सुरक्षित धितोलाई ख्याल गर्नुपर्ने र संस्थाको आर्थिक पारदर्शीतामा सेयर सदस्यहरुले चासो राख्नुपर्नेमा जोड दिएका थिए ।

संस्थाका अध्यक्ष श्रीकान्त ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारी,पोखरां २६ का निर्वतमान वडाध्यक्ष नारायणप्रसाद बराल,सेयर सदस्य ईश्वरी अधिकारी,विष्णु सुवेदी र शिक्षा उपसमितिका संयोजक सविता भण्डारीलगायतले सहकारीको नीति तथा नियम अनुसार नचल्दा दुर्घटना हुन सक्ने सम्भावनाका बारेमा सचेत गराएका थिए ।

सस्थाका सचिव विचित्रनाथ ढुुगानाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शारदा बरालले गरेकी थिइन् भने धन्यवाद ज्ञापन पुर्व अध्यक्ष मनोहरी ढुगानाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->