बागलुङ/ नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त लक्ष्मी बैंकले बागलुङको गलकोट नगरपालिकामा शाखा बिस्तार गरेको छ ।
१४३ औं शाखाको रुपमा गलकोट ३,हटियाबजारमा शाखा संचालनमा ल्याएकोे गलकोट शाखा प्रबन्धक गणेश कार्कीले बताए ।
उनले गलकोट शाखामार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको उल्लेख गरे ।नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा सञ्जाल देशका ५० जिल्लामा पुगेको छ । बैंकका अहिले १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेका छन । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।





