पर्वत/ कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकको खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठ, शान्ती नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई उक्त रकम भुक्तानी गरिएको बैंकका शाखा प्रबन्धक दीपकराज पौडेलले बताए । बैंकले एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको थियो । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।





